तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

#अर्थ जगत#“एक देश दुई व्यवस्था”मकाउको समृद्धिको आधार

2019-12-19 16:25:20

#अर्थ जगत#“एक देश दुई व्यवस्था”मकाउको समृद्धिको आधार

यही डिसेम्बर बीस तारिख मकाउ मातृभूमिमा फर्काइएको बीसौं वार्षिकोत्सव हो। यस बीस वर्षमा मकाउको सामाजिक विकास दिनप्रति दिन बढ्दै आएको छ। मातृभूमिमा समाहित भएर“एक देश दुई व्यवस्था”,“मकाउ बासिन्दाद्वारा मकाउको शासन”,“उच्च स्वतन्त्रता”नामक नीतिको चौतर्फी लागू गरेबाट ३३ वर्ग किलोमीटरभन्दा कम क्षेत्रफल रहेको र तीन लाख चालिस हजारभन्दा कम जनसंख्या रहेको सानो शहर मकाउ विश्वव्यापी प्रतिस्पर्धामा शक्तिशाली रुपमा उभिएर बलियो बन्दै गएको देखिन्छ। वर्तमान मकाउ विश्वमा दोस्रो विश्वव्यापी पर्यटकीय केन्द्र बनेको छ। बीस वर्षको इतिहासबाट स्पष्ट रुपमा प्रमाणित भएको छ कि “एक देश दुई व्यवस्था”पूर्ण रुपमा सफल भएको छ।

मातृभूमिमा फर्काइनु अघि मकाउको अर्थतन्त्र कमजोर भएर लगातार चार वर्षसम्म नकारात्मक बृद्धिमा रहेको थियो। सन् १९९९ मा मकाउको जी डी पी अर्थात् कूल गार्हस्थ्य उत्पादन मात्रा ५१ अर्ब ८७ करोड २० लाख एमओपी थियो। मातृभूमिमा फर्काइएपछि मुख्यभूमिसँगको मिलिजुली विकासले मकाउको अर्थतन्त्रका लागि बलियो शक्ति सिर्जना गरेको छ। सन् २०१८ मा मकाउको जी डी पी ४ खर्ब ४४ अर्ब ७० करोड एमओपी पुगेको छ भने मातृभूमिमा फर्काइएको अवधिकोभन्दा ८ गुणाभन्दा बढी छ। हाल केही वर्षयता मकाउले बहुपक्षीय अर्थतन्त्र,बहुपक्षीय औद्योगिक संरचना को विकासलाई प्रवर्द्धन गर्दै आफ्नो जोखिम विरुद्ध क्षमतालाई स्पष्ट बढाएको छ। चालू वर्षको फेब्रुअरीमा क्वाङतुङ हङकङ मकाउ विशाल खाडी क्षेत्रको विकास योजना सार्वजनिक गर्दै मकाउलाई बिशाल खाडी क्षेत्रको विकास तथा निर्माण गर्ने चार केन्द्रीय शहरमध्ये एकको रुपमा बनाइएको छ। जसले मकाउको धुमधाम विकासका लागि दुर्लभ अवसर ल्याएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान