तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

#अल्पसंख्यक जाति# कसैले पनि सिनच्याङको स्थिरता तथा सुदृढ विकासलाई रोक्न सक्दैन

2019-12-17 10:20:58

#अल्पसंख्यक जाति# कसैले पनि सिनच्याङको स्थिरता तथा सुदृढ विकासलाई रोक्न सक्दैन

हालै अमेरिकी तल्लो सदनबाट तथाकथित 'युगुरमानव अधिकार सम्बन्धी कानुनी मस्यौदा २०१९' पारित भएको हुनाले सिनच्याङ युगुर स्वायत्त प्रदेशको विषय ज्यादै ध्यानाकर्षित छ। डिसेम्बर ९ तारिख चीनको सिनच्याङ युगुर स्वायत्त प्रदेश चिनियाँ कम्युनिष्ट पार्टीका उपसचिव एवं प्रदेश सरकारका अध्यक्ष स्वे क्लेथी चागलले चीनको राज्य परिषदको प्रेस कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सिनच्याङको जानकारी दिनुभयो।


पत्रकार सम्मेलनमा सिनच्याङ युगुर स्वायत्त प्रदेश चिनियाँ कम्युनिष्ट पार्टीका उपसचिव एवं प्रदेश सरकारका अध्यक्ष स्वेक्लेथी चागलले सिनच्याङ क्षेत्रको स्थिरता तथा सुदृढ विकास र क्षेत्रीय विभिन्न जातीय जनताको मैत्रीपूर्ण सम्बन्धलाई कुनै पनि शक्तिले भत्काउन नसक्ने बताउनु भएको छ। साथै उहाँले हालै अमेरिकी प्रतिनिधिसभाले "सन् २०१९ युगुर मानवअधिकारको राजनीति" शीर्षक प्रस्ताव प्रस्तुत गरेर अन्तर्राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय सम्बन्धको गम्भिर उल्लंघन गरेको र चिनियाँ आन्तरिक मामिलामाथि गम्भिर हस्तक्षेप भएको पनि व्यक्त गर्नुभएको छ।


अध्यक्ष स्वेक्लेथी चागलका अनुसार, सिनच्याङ युगुर स्वायत्त प्रदेश चीनको पश्चिमी क्षेत्रको एउटा महत्वपूर्ण क्षेत्र हुनुका साथै "बेल्ट एण्ड रोड" शीर्षक प्रस्तावको एउटा महत्वपूर्ण केन्द्र रहेको छ। चीनले सिनच्याङको क्षेत्रीय आर्थिक तथा सामाजिक विकासका लागि विशेष रणनीति बनाउनुका साथै चिनियाँ केन्द्रीय वित्तले हरेक बर्ष सिनच्याङमा ४ खर्ब चिनियाँ युआन प्रदान गर्दै आएको छ। यसका साथै चीनका १९ वटा विभिन्न प्रान्त तथा शहरहरूले हरेक बर्ष सिनच्याङ युगुर स्वायत्त प्रदेशमा गरेको लगानी रकम १५ अर्ब चिनियाँ युआन पुगेको पनि उहाँले जानकारी दिनुभएकोछ। केही वर्षयता सिनच्याङको समाज स्थिर, अर्थतन्त्र विकसित, जाति एकिकृत, धर्म मेलमिलाप, जन-जीवन सुधारित र बसाइ तथा रोजकार सुखमय रहेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान