तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

अन्तर्राष्ट्रिय प्रदर्शनी व्यूरोद्वारा पैचिङ अन्तर्राष्ट्रिय बागवानी मेलाको उच्च मूल्यांकन

2019-12-16 16:48:49

गत नोभेम्बर २७ तारिख अन्तर्राष्ट्रिय प्रदर्शनी व्यूरोको १६६औं पूर्ण बैठक पेरिसमा आयोजित भएको थियो। चिनियाँ प्रतिनिधि मण्डलले पैचिङ अन्तर्राष्ट्रिय बागवानी मेलाको आयोजनाबारे निष्कर्ष निकाल्दै ए श्रेणीको अन्तर्राष्ट्रिय बागवानी मेलाको सफलताका साथ समापन गरेको छ।


चालू वर्षको अप्रिल २९ तारिखदेखि अक्टोबर ९ तारिखसम्म “हरित जीवन, सुन्दर घरबार” विषयक अन्तर्राष्ट्रिय बागवानी मेलाको आयोजना पैचिङको यानछिङ क्षेत्रमा भयो। ए श्रेणीको अन्तर्राष्ट्रिय बागवानी मेलाको आयोजनाका लागि अन्तर्राष्ट्रिय प्रदर्शनी व्यूरोले मेलाको विषय, प्रदर्शनीस्थलको क्षेत्रफल, प्रदर्शनीको अवधि, प्रदर्शनीमा भाग लिने मुलुकहरु लगायत विषयहरुमा गम्भीर नियमको तर्जुमा गरेको थियो। सात वर्ष लामो अथक तयारी कार्यपछि १६२ दिनसम्म चलेको समयमा चीनले विश्वलाई कस्तो किसिमको अन्तर्राष्ट्रिय बागवानी मेलाको वातावरण दिन सक्थ्यो? पैचिङ अन्तर्राष्ट्रिय बागवानी मेला, कार्यकारी समितिकी उप-सचिव फङ हुङ मिङले २७ तारिख आयोजित १६६औं पूर्ण बैठकमा जानकारी दिंदै भन्नुभयो,

८६ मुलुक तथा २४ अन्तर्राष्ट्रिय संगठनले यस पटकको अन्तर्राष्ट्रिय बागवानी मेलामा भाग लिएका थिए। जसले ए श्रेणीको अन्तर्राष्ट्रिय बागवानी मेलामा सबैभन्दा बढी अन्तर्राष्ट्रिय संगठनको संलग्नताको कीर्तिमानी सिर्जना गरेको छ। उनीहरुले बागवानी कलाको सबैभन्दा पछिल्लो प्रविधि ल्याएर विश्व संस्कृतिका विविधता, खुलापन तथा समावेशीकरण देखाएका छन्। अन्तर्राष्ट्रिय बागवानी मेलाको अवधिमा ३ हजार २ सय ८४ वटा रोचक सांस्कृतिक कार्यक्रमको आयोजना गरियो। सो कार्यक्रमहरुले चीन र विदेश बीचको सांस्कृतिक आदान-प्रदानलाई अघि बढाएका छन्।


सन् १९९९मा खुन मिङ अन्तर्राष्ट्रिय बागवानी मेलाको आयोजना गरिएपछि चीनले अन्तर्राष्ट्रिय बागवानी मेलाको आयोजना गरेको यो पहिलो पटक हो। त्यसैले यसलाई उच्च महत्व दिइएको हो। सात वर्षको तयारी कार्यपछि पैचिङले १०० भन्दा बढी बाह्य प्रदर्शनी क्षेत्र तथा ५४ घरेलु प्रदर्शनी क्षेत्रको निर्माण गरी ९३ लाख ४० हजार भन्दा बढी चिनियाँ तथा विदेशी पर्यटकलाई आकर्षित गरेको थियो। पैचिङ अन्तर्राष्ट्रिय बागवानी मेला अहिलेसम्म सबैभन्दा ठूलो परिमाणको एउटा अन्तर्राष्ट्रिय बागवानी मेला बनेको छ। यसका अतिरिक्त, चीनले सो भव्य मेलामार्फत विश्वलाई हरित विकासको अवधारणा अभिव्यक्त गरेको छ। अन्तर्राष्ट्रिय प्रदर्शनी व्यूरोका चिनियाँ प्रथम प्रतिनिधि, चिनियाँ व्यापार प्रवर्द्धन संघका उप-प्रमुख चाङ शन फङले सो पूर्ण बैठकलाई सम्बोधन गर्दै भन्नुभयो,

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान