तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

#अर्थ जगत#चीनको अर्थतन्त्रको आगामी यात्रा

2019-12-12 16:48:16

#अर्थ जगत#चीनको अर्थतन्त्रको आगामी यात्रा


चीनको अर्थतन्त्रले एक महत्वपूर्ण विकास अवधिमा आइपुगेको छ। हाल चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्युरोले “चौतर्फी रुपमा'६ स्थिरता'कामको राम्ररी गर्नु”भन्ने निर्णय प्रस्तुत गर्दै भावी वर्षमा चीनको अर्थतन्त्रको विकासका लागि रुपरेखा सिर्जना गरेको छ। यी ६ स्थिरता भनेको रोजगारको स्थिरता,बैकिङको स्थिरता,विदेशी पूँजीको स्थिरता,लगानीको स्थिरता,पूर्वानुमानको स्थिरता हुन्। यी ६ स्थिरताले अर्थतन्त्रलाई उचित विकास अन्तरालमा राख्दै समापन समाजको चौतर्फी निर्माण र “तेह्रौं पञ्च वर्षीय”योजनाको सफलताका लागि महत्वपूर्ण भावार्थ सिर्जना गर्दछ। वर्तमान विश्वमा एकपक्षीयवाद,संरक्षणवाद लगायत भूमण्डलीकरणको विरोध प्रवृत्ति स्पष्ट बन्दै गएको छ। यस पृष्ठभूमिमा उच्च गुणस्तरीय विकासका लागि प्रयास गरिरहेको चिनियाँ अर्थतन्त्रले बनौटलाई सुव्यवस्थापन गर्ने केन्द्रीय अवधिमा बसेको छ। स्वदेशी तथा विदेशी चुनौति स्पष्ट बन्दै गएको जटिल परिस्थितिमा केवल स्थिरताले अस्थिर कारक तत्वलाई सामना गर्नसक्छ।


विदेशी परिस्थितिबाट हेर्दा अमेरिकी राष्ट्रिय ऋणको ब्याज दर धेरै पटक घटेकाले भावी अर्थतन्त्रको अस्थिरता प्रतिबिम्बित भएको छ। बेलायत युरोपेली संघबाट अलग हुनु,जर्मनी र फ्रान्समा धेरै पटक अमेरिकाको व्यापारिक धम्कीबाट प्रभावित हुनु,इटली,ग्रीसको अर्थतन्त्रको पुनःरुत्थान कमजोर हुनु आदि कारणले युरोपेली अर्थतन्त्रका लागि महत्वपूर्ण जोखिम सिर्जना गर्दछ। दक्षिण अमेरिकामा चिली,अर्जेन्टिना आदि मुलुकको आर्थिक विकासका सामु गम्भीर चुनौति देखापरेको छ। एशियामा विश्व अर्थतन्त्रका लागि धेरै संवेदनशील भएको दक्षिण कोरियाको अर्थतन्त्रका सामु पनि बृद्धिदर घट्ने दवाव ठूलो बन्दै गएको देखिन्छ। दक्षिण कोरियाको केन्द्रीय बैंकले दुई पटक आर्थिक बृद्धिको पूर्वानुमानलाई घटाएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान