नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

बाह्रौं चीन-जापान-दक्षिण कोरिया सांस्कृतिक उद्योग मञ्चमा डिजिटल संस्कृति उद्योग विकासको महत्व महत्व

2019-12-09 15:39:39

बाह्रौं चीन-जापान-दक्षिण कोरिया सांस्कृतिक उद्योग मञ्चमा डिजिटल संस्कृति उद्योग विकासको महत्व महत्व

बाह्रौं चीन-जापान-दक्षिण कोरिया सांस्कृतिक उद्योग मञ्च नोभेम्बर १४ तारिखदेखि १५ तारिखसम्म दक्षिण कोरियाको बुसान शहरमा आयोजना भएको छ। सो मञ्चमा सहभागी प्रतिनिधिहरुले तीन मुलुकका सांस्कृतिक उद्योग बीचमा आदान-प्रदान तथा सहयोगबारे गहन रुपमा छलफल गर्नुका साथै विशेष गरी डिजिटल सांस्कृति उद्योग क्षेत्रमा व्यापक सहमति प्राप्त गरी त्रिपक्षीय संयुक्त वक्तव्य प्रकाशित गरेका छन्। सो मञ्चमा सहभागी विशेषज्ञले सांस्कृतिक उद्योग क्षेत्रमा ती तीन मुलुकहरु बीचको सहयोगको उज्यालो भविश्य हुने भन्दै चीनको तिब्र विकास भएको डिजिटल उद्योग पनि चिनियाँ संस्कृतिलाई विश्वमा अघि बढाउने महत्वपूर्ण शक्ति बन्दै आएको बताएका छन्।


चीन-जापान-दक्षिण कोरिया सांस्कृतिक उद्योग मञ्च चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालय, दक्षिण कोरियाको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय र जापानको आर्थिक उद्योग प्रान्तबाट संयुक्त रुपमा आयोजना गरिएको हो। यो तीन मुलुकका सरकार बीचको सांस्कृतिक आदान-प्रदान तथा सहयोगका लागि एउटा महत्वपूर्ण चौतारो पनि हो। यस पटकको मञ्चमा सरकार बीचको सम्मेलन, व्यवसायहरु बीचको आदान-प्रदान तथा विशेषज्ञ मञ्च लगायत विविध विषयहरु समावेश छन्।


सो मञ्चमा सहभागी चिनियाँ प्रतिनिधि, चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयको उद्योग विकास विभागका उप-प्रमुख मा फङले नोभेम्बर १५ तारिख मञ्चलाई सम्बोधन गर्दै सांस्कृतिक उद्योग सम्बन्धी सहयोग चीन-जापान-दक्षिण कोरिया सांस्कृतिक सहयोगमा सबैभन्दा बढी प्रेरित शक्ति भएको एउटा भाग भन्दै सांस्कृतिक उद्योगको विकासमा एउटा महत्वपूर्ण भागको रुपमा चीनको डिजिटल संस्कृति उद्योगको छिटो विकास रहेको बताउनुभयो। जापान तथा दक्षिण कोरिया दुई मुलुकसँगै मिलेर युगको प्रवाहसँग अनुकूल भई सांस्कृतिक उद्योग सम्बन्धी सहयोगको नयाँ परिस्थिति बनाउन चीन इच्छुक रहेको कुरा पनि उहाँले बताउनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान