नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

#आँखीझ्याल# पैचिङमा थाइल्याण्डको खाना रेस्टुरेन्ट संचालन गर्ने थाइल्याण्डका युवा

2019-11-29 15:26:53

#आँखीझ्याल# पैचिङमा थाइल्याण्डको खाना रेस्टुरेन्ट संचालन गर्ने थाइल्याण्डका युवा

चीनको राजधानी पैचिङमा विश्वका विभिन्न क्षेत्रको मिठो खाना पाइन्छ। थाइल्याण्डका युवक पोर्नथेप जोङपाइबुइटले सन् २०१५ मा पैचिङमा थाइल्याण्डको खाना पाइने रेस्टुरेन्ट खोलेका थिए। उनको रेस्टुरेन्ट पैचिङमा लोकप्रिय छ। विगत चार वर्षमा उनले हरेक वर्षमा एउटा शाखा खोलेका छन्। पैचिङबाहेकका अरु शहरका मानिसले उनीसँग भेटेर उनले अरु शहरमा थाइल्याण्डको खाना पाइने रेस्टुरेन्ट खोल्नसक्ने आशा व्यक्त गरेका छन्।


पोर्नथेप उत्तरी थाइल्याण्डको चियाङ राइमा जन्मेका हुन्। उनको जन्मथलोमा सुन्दर मन्दिरहरू भएका कारण चिनियाँ पर्यटकहरूले मन पराएका छन्। उनका अनुसार, उनको जन्मथलोमा चिनियाँ भाषाद्वारा लेखिने सडक चिन्ह देख्नपाइन्छ। माध्यमिक विद्यालयमा पढ्दा उनले चीन जाने आशा लिएका थिए। उनी भन्छन् “माध्यमिक विद्यालयमा पढ्दा विकासको मौका खोज्न चीन जाने आशा मैले लिएको थिएँ। स्नातक भएपछि मैले पनि चीन जाने आशा लिएका थिएँ। पहिले मैले चीनबारे जानकारी लिएको थिएन। तर मैले केही परिचय सामग्री देखेँ। मेरो विचारमा चीनमा रोजगार गर्दा राम्रो हुन्छ।”


गत शताब्दीको नब्बेको दशकको अन्त्यमा २३ वर्षीय पोर्नथेप अध्ययन गर्न पैचिङ भाषा विश्वविद्यालयमा आए। स्नातक भएपछि उनले चीनका लागि थाइल्याण्डको राजदूतावासमा रोजगारी पाए। उनले चीनमा पाएको यो पहिलो अवसर थियो। एकजना साथीले पोर्नथेपलाई पैचिङमा थाइल्याण्डको खाना पाइने रेस्टुरेन्ट संचालन गर्न सुझाव दिए। पोर्नथेपले उनको सुझावलाई स्वीकार गरे। पोर्नथेप भन्छन् “त्यस बेलामा पैचिङमा थाइल्याण्डको खान पाइने रेस्टुरेन्ट धेरै थिए। तर थाइल्याण्डको खानाको स्वाद प्रामाणिक थिएन। किनभने प्रायजसो मसला चीनका थिए। हामीले रेस्टुरेन्ट संचालन गर्दा मसला थाइल्याण्डबाट आयात गर्न थाल्यौँ।”

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान