नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

#अल्पसंख्यक जाति# चीनको युननान प्रान्तमा अल्पसंख्यक जातीय संस्कृतिको सुरक्षा तथा विकास 2

2019-11-26 08:04:19

चिनियाँ कागज कटनी कैंची वा चक्कुद्वारा कागजमा चित्र ढाँचा बनाउने लोकप्रिय कला हो। चीनको विभिन्न क्षेत्रमा विविध विशेष कागज काट्ने तरिका छन्। वाङ युआन युन नान प्रान्तीय प्रसिद्ध कागज कटनी कलाकार हुनुका साथै खुन मिङ शहरीय गैर-भौतिक सांस्कृतिक सम्पदाका उत्तराधिकारी हुनुहुन्छ। वाङ युआनको हातमा कैंची चित्र बनाउने कलम बनेको छ। उहाँको हातमा सामान्य कागज पनि सुन्दर चित्र बन्न पुग्छ।


 “म युन नान प्रान्तीय खुन मिङ शहरीय गैर-भौतिक सांस्कृतिक सम्पदा उत्तराधिकारी हुँ। म कागज कटनी कलामा लागेको ३१ वर्ष भइसक्यो। कागज काट्ने कला जातीय कला हो। त्यसमा यी जाति, थाइ जाति आदि छन्। त्यसले विविध स्थानीय जातिको जीवन, पोशाक, विशेषता र मेलमिलाप रूपमा सहअस्तित्वसम्बन्धी विषय देखाएका छन्।”

  वर्ष अगष्टमा चिनियाँ राज्य परिषदको प्रेस कार्यालयले युन नान प्रान्तका लागि प्रदर्शनीको आयोजना गरेको थियो। एलेना प्रोट्थेन्को संयुक्त अरब एमिरेट्सको टेलिभिजनको सम्वाददाता हुनुहुन्छ। उहाँले प्रदर्शनीको अवलोकन गरेपछि यो भन्नुभयो-


 “चिनियाँहरूले आफ्नो संस्कृतिलाई ज्यादै सम्मान गरेको मैले पत्ता लगाएको छु। चिनियाँहरूले प्राचीन तथा ऐतिहासिक कुरालाई हालसम्म फैलाएर सन्तानलाई साँचिक्कै परम्परागत चिनियाँ संस्कृति बुझ्न तथा भिज्न लगाएका छन्। मलाई यस्ता जातीय पोशाकहरू निकै मन पर्छ। ज्यादै सुन्दर छ। भर्खरै मैले केही साथीहरूसँग गफ गरेँ। कागज काट्ने गति एकदमै छिटो छ। कागज काटेको चित्रमा मेरो अनुहार, विशेष गरी नाक, कपाल र चिउंडो धेरै मिलेको देखिन्छ।”

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान