तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

चिनियाँ लालटिन महोत्सवद्वारा चीन-चिली मित्रतालाई अघि बढाइएको

2019-11-25 09:45:39


जन गणतन्त्र चीनसँग दौत्य सम्बन्धको स्थापना गरेको दक्षिण अमेरिका महाद्वीपको पहिलो मुलुक चिली थियो। चिलीले चीनको पूर्ण बजारमूखी अर्थतन्त्रको स्वीकार गरी चीनसँग द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ। चिली चीनसँग “बेल्ट एण्ड रोड” को संयुक्त निर्माण गर्ने एउटा महत्वपूर्ण सहयोगात्मक साझेदार पनि हो। वितेका दश वर्षको अवधिमा चीन निरन्तर रुपमा चिलीको पहिलो व्यापारिक साझेदार बनिसकेको छ। चिलीका लागि चिनियाँ राजदूत स्य्वी पुले उद्घाटन समारोहलाई सम्बोधन गर्दै दुई मुलुक बीचको सम्बन्धको स्थायी विकासका लागि दुई मुलुकका जनता बीचको आदान-प्रदान, जानकारी तथा विश्वास महत्वपूर्ण रहेको बताउनुभयो। उहाँ भन्नुहुन्छ,

वितेका ५० वर्षमा पुस्ता पुस्तौंको प्रयासमार्फत चीन र चिली बीचको सम्बन्धमा फड्को मार्ने विकास भएको छ। लालटिन महोत्सवले दुई मुलुकका जनता बीचमा जानकारी प्राप्त हुने साथै विश्वासलाई नयाँ उचाईमा पुर्‍याउने विश्वास मैले गरेको छु।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान