तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

“खुला चोकमा चलचित्र प्रदर्शन” कार्यक्रम याङ्गुनमा आयोजित

2019-11-11 10:38:14

“खुला चोकमा चलचित्र प्रदर्शन” कार्यक्रम याङ्गुनमा आयोजित

म्यान्मारका लागि चिनियाँ राजदूतावास, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, चीन राष्ट्रिय पेट्रोलियम निगम तथा चीन चलचित्र समूहले “खुला चोकमा चलचित्र प्रदर्शन” कार्यक्रमको उद्घाटन समारोह गत सेप्टेम्बर १६ तारिख याङ्गुनमा आयोजना गरेको थियो। म्यान्मारका लागि चिनियाँ राजदूत छन् हाई, याङ्गुन प्रान्तका मुख्य मन्त्री फ्यो मिन टेन लगायतका अतिथिहरु र चीन तथा म्यान्मारका विभिन्न क्षेत्रका मैत्रीपूर्ण व्यक्तिहरु गरी करिब २०० जना व्यक्तिहरु यस उद्घाटन समारोहमा सहभागी हुनुभएको थियो।


यस पटकको कार्यक्रममा तीन वटा उत्कृष्ट चिनियाँ चलचित्र छानेर म्यान्मारको भाषामा अनुवाद गरिएको छ। ती चलचित्रहरुलाई चीन-म्यान्मार पेट्रोल पाइपलाइन वारिपारीका क्याउक्प्यु, येनाङयाउङ तथा मानदलै लगायत पाँच क्षेत्रका ग्रामिण क्षेत्रमा निशुल्क रुपमा देखाउने छन्। हरेक स्थलमा तीनदेखि पाँच दिनसम्म चलचित्रको प्रदर्शन गरिनेछ। याङ्गुन प्रान्तका मुख्य मन्त्री फ्यो मिन टेनले यस कार्यक्रमको समर्थन गर्नुका साथै स्वागत गर्नुभयो। उहाँ भन्नुहुन्छ,

म्यान्मारका ग्रामिण क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणले चिनियाँ चलचित्र हेर्न पाएकामा मलाई खुसी लागेको छ। गाउँमा खुला चोकमा चलचित्र प्रदर्शनबाट गाउँलेहरुले चिनियाँ संस्कृति तथा चीनबारे अरु बढी जानकारी पाउने छन् भने म्यान्मार र चीनका जनता बीचको मित्रतालाई प्रवर्द्धन पारिनेछ। एउटा उद्यमीको रुपमा चीन राष्ट्रिय पेट्रोलियम निगमले सामाजिक जिम्मेवारीको सक्रियताका साथ वहन गरी स्थानीय सांस्कृतिक आदान-प्रदानलाई निरन्तर रुपमा अघि बढाउँदै आएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान