तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

#आँखीझ्याल# युनेस्कोको विश्व सम्पदा केन्द्रअन्तर्गत अफ्रिका शाखाका प्रमुख मौकाला र उहाँको चीनको कथा

2019-11-01 16:20:25

#आँखीझ्याल# युनेस्कोको विश्व सम्पदा केन्द्रअन्तर्गत अफ्रिका शाखाका प्रमुख मौकाला र उहाँको चीनको कथा

चालू वर्ष जन गणतन्त्र चीनको स्थापनाको सत्तरी‌औं वार्षिकोत्सव हो। हालै युनेस्को विश्व सम्पदा केन्द्रअन्तर्गत अफ्रिका शाखाका प्रमुख एडमण्ड मौकालाले विशेष अन्तर्वार्ता दिँदै चीनसितको गहिरो भावना र उहाँको चीनको कथाबारे व्याख्या गर्नुभएको छ।


मौकाला युनेस्को विश्व सम्पदा केन्द्रअन्तर्गत अफ्रिका शाखाका प्रमुख हुनुहुन्छ। चालू वर्षको जुन महिनामा उहाँले चिनियाँ, अंग्रेजी र फ्रान्सेली भाषामा फररर बोलेर पेरिसमा आयोजना भएको पहिलो युनेस्को-चीन-अफ्रिका विश्व सम्पदासम्बन्धी क्षमताको निर्माण तथा सहयोग मञ्चको अध्यक्षता गर्नुभएको थियो। अफ्रिकाबाट आउनुभएको यो अधिकारीले फररर चिनियाँ भाषा बोल्न सक्नुभएको हो त? उहाँको परिवारको पुरानो पुस्तामा एक जना मकाउबाट आउनुभएका चिनियाँ हुनुहुन्छ। त्यसैले उहाँसँग केही चिनियाँ रगत पनि छ। मौकाला भन्नुहुन्छ

 “हाम्रो देश कङ्गो प्रजातान्त्रिक गणतन्त्र अफ्रिकाको पहिलो समाजवादी मुलुक हो। म जन्मेको बेलामा चिनियाँ संस्कृति प्रसिद्ध भइसकेको थियो। कङ्गोका धेरै अस्पतालहरूमा धेरै चिनियाँ चिकित्सक कार्यरत् थिए। सानो उमेरमा विरामी हुँदा चिनियाँ डाक्टरबाट उपचार लिइयो। माध्यमिक विद्यालयबाट स्नातक भएपछि अध्ययन गर्न विदेश जान मेरो तीन वटा छनौट थियो। गणित पढ्न फ्रान्स जाने, वस्तुकला पढ्न सोभियत संघ जाने र जल संचार पढ्न चीन जाने गरी तीन वटा छनौट भयो। मैले चीन जाने निर्णय गरेँ।”

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान