तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

#अर्थ जगत# चीन र अमेरिकाद्वारा परिणाममुखी सम्झौताका लागि प्रयास

2019-10-31 09:45:52

#अर्थ जगत# चीन र अमेरिकाद्वारा परिणाममुखी सम्झौताका लागि प्रयास

चीन-अमेरिका आर्थिक तथा व्यापारिक उच्च स्तरीय वार्ताका दुई पक्षीय पहलकर्ताहरूबीच अक्टोबर २५ तारिख टेलिफोन वार्ता भएको छ। दुई पक्षले आ-आफ्नो केन्द्रीय चासो व्यावहारिक रुपमा समाधान गर्न स्वीकार गरेका छन् भने, केही प्राविधिक छलफल आधारभूत रुपमा पूरा भइसकेको कुरा निश्चित गरेका छन्। यो दुई हप्ताअघि नयाँ चरणको चीन-अमेरिका आर्थिक तथा व्यापारिक उच्च स्तरीय वार्ताको उपलब्धि व्यवहारमा उतारिने ठोस अवस्था हो। यसबाट दुई पक्षले सम्झौतामा हस्ताक्षर गर्ने लक्ष्यतर्फ निरन्तर रुपमा लम्केको कुरा प्रतिविम्वित भएको छ।


दुई हप्ताअघि नयाँ चरणको चीन-अमेरिका आर्थिक तथा व्यापारिक उच्चस्तरीय वार्ताले अनेकौं क्षेत्रहरूमा प्रगति हासिल गरेको छ भने सम्झौतामा हस्ताक्षर गर्नका लागि महत्वपूर्ण जग बसालेको छ। दुई हप्तायता दुई पक्षका आर्थिक तथा व्यापारिक कार्य-टोलीहरूले घनिष्ठ सम्पर्क र छलफल कायम राखेका र गत चरणको उच्चस्तरीय वार्तामा प्राप्त भएको सहमतिबमोजिमको कामलाई गति प्रदान गरेका थिए। पहलकर्ताहरूले प्रसारण गरेको सूचनाबाट दुई पक्षको छलफलले उपलब्धि हासिल गरेको कुरा प्रतिविम्वित भएको छ।


चीन र अमेरिकाबीच आर्थिक तथा व्यापारिक सम्झौता गर्नका लागि दुई पक्षले समान र पारस्परिक सम्मानका आधारमा आ-आफ्नो केन्द्रीय चासोमा महत्व दिनुपर्ने छ। दुई पक्षका पहलकर्ताहरूले टेलिफोन वार्ता गर्दा आ-आफ्नो केन्द्रीय चासोको व्यवहारिक रुपमा समाधान गर्न स्वीकार गरेका छन्। यसबाट दुई पक्षको लक्ष्य साकार तुल्याउने क्रममा मुख्य अवरोध हटाउन सक्दो प्रयास गर्ने कुरा प्रतिविम्वित भएको छ। यो पारस्परिक विश्वासलाई घनिष्ठ पार्न र छलफललाई अगाडि बढाउनका लागि हितकर हुने छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान