तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

चीनद्वारा खेलकुद सम्बन्धमा शक्तिशाली मुलुकको निर्माणलाई राष्ट्रिय आर्थिक तथा सामाजिक विकासको योजनामा राखिएको

2019-10-28 16:02:04

चीनको राज्य परिषदको कार्यालयले हालै“खेलकुद सम्बन्धमा शक्तिशाली मुलुकको निर्माणको रुपरेखा”सार्वजनिक गरी खेलकुद सम्बन्धी क्षेत्रमा शक्तिशाली मुलुकको निर्माणलाई राष्ट्रिय आर्थिक तथा सामाजिक विकासको योजनामा राखेको छ। यस रुपरेखामा सन् २०५० सम्ममा चीनले समाजवादी आधुनिक खेलकुद सम्बन्धी क्षेत्रमा शक्तिशाली मुलुकको चौतर्फी रुपमा निर्माण गर्ने छ भने चिनियाँ जनताका शारिरिक गुणस्तर तथा स्वास्थ्य स्तर, खेलकुदको समग्र क्षमता तथा अन्तर्राष्ट्रिय असर विश्वको अग्रस्थानमा रहने र खेलकुद चीनको पुन:उत्थानका लागि द्योतकरुपी कार्य बन्ने लक्ष्य तोकिएको छ।


चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं महाधिवेशनमा खेलकुद सम्बन्धमा शक्तिशाली मुलुकको गतिशीलताका साथ निर्माण गरिनुपर्ने लक्ष्य प्रस्तुत गरिएको थियो। यस पटकको रुपरेखामा खेलकुद सम्बन्धी शक्तिशाली मुलुकको परिभाषा, त्यसको निर्माणका लागि ठोस लक्ष्य, त्यसको निर्माणका लागि चालिने कदम लगायतका महत्वपूर्ण विषयहरुलाई स्पष्ट पारिएको छ।


अखिल चीन खेलकुद व्यूरोका उप-प्रमुख ली च्यान मिङले गत सेम्टेम्बर २ तारिख गराउनुभएको जानकारीका अनुसार, उक्त रुपरेखामा तीन अवधिको लक्ष्य तथा समस्त चिनियाँहरुको स्वास्थ्यलाभ, युवा तथा किशोर-किशोरीका लागि खेलकुद, प्रतिस्पर्धाका लागि खेलकुद, खेलकुद सम्बन्धी उद्योग, खेलकुदको संस्कृति, खेलकुदबाट विदेश तथा हङकङ, मकाउ र थाइवानसँग आदान-प्रदान लगायत ६ पक्षमा ठोस लक्ष्य बनाइनुका साथै खेलकुद क्षेत्रमा शक्ति मुलुकको निर्माण सम्बन्धी योजनाबारे चौतर्फी रुपमा प्रष्ट पारिएको छ। ली च्यान मिङ भन्नुहुन्छ,

पहिलो अवधि भनेको सन् २०२०सम्म सम्पन्न समाजसँग अनुकूल रहेको खेलकुदको विकास सम्बन्धी नयाँ व्यवस्थाको स्थापना गरिनु हो। दोस्रो अवधि भनेको सन् २०३५ सम्म आधुनिकिकरणसँग अनुकूल रहेको सरकारको निर्देशनमा रहेको व्यवस्थित खेलकुद समाजको स्थापना गरिनु हो। र तेस्रो अवधि भनेको सन् २०५० सम्म समाजवादी आधुनिक खेलकुद सम्बन्धी क्षेत्रमा शक्तिशाली मुलुकको चौतर्फी रुपमा निर्माण गर्नु हो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान