तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

#अर्थ जगत# ६ मुलुक संसदको अध्यक्षद्वारा बेल्ट एण्ड रोडले आर्थिक सम्पर्क आदि क्षेत्रमा सिर्जना गरेको भूमिकाको उच्च मूल्याङ्कन

2019-10-17 15:57:09

#अर्थ जगत#  ६ मुलुक संसदको अध्यक्षद्वारा बेल्ट एण्ड रोडले आर्थिक सम्पर्क आदि क्षेत्रमा सिर्जना गरेको भूमिकाको उच्च मूल्याङ्कन

तेस्रो ६ मुलुक संसद अध्यक्ष सम्मेलन यस अक्टोबर 11देखि 12तारिखसम्म टर्कीको इस्तानबुलमा आयोजना भएको छ। यस सम्मेलनले क्षेत्रीय आर्थिक सम्पर्क र आतंकवादको विरोध सम्बन्धमा छलफल गर्दै《इस्तानबुल घोषणापत्र》पारित गरेको छ। यस सम्मेलनमा भाग लिएका विभिन्न मुलुकका प्रतिनिधिहरुले“बेल्ट एण्ड रोड” निर्णय प्रस्तावले क्षेत्रीय आर्थिक सम्पर्कलाई मजबुत बनाउन र आतंकवादको प्रतिरोध गर्ने क्षेत्रमा सिर्जना गरेको महत्वपूर्ण भूमिकाको उच्च मूल्याङ्कन गरेका छन्।


चिनियाँ जन कांग्रेस, स्थायी समितिका उपाध्यक्ष वाङ्ग तुङ्ग मिङले प्रतिनिधि मण्डलको नेतृत्व गरेर उक्त सम्मेलनमा भाग लिनुभएको छ। उहाँले यस सम्मेलनको उद्घाटन समारोहमा भाषण दिँदै विकासले सुरक्षा प्रवर्द्धन गर्दै पारस्परिक सम्पर्कले विकासलाई प्रवर्द्धनमार्फत क्रमशःअन्तर्राष्ट्रिय सामाजिक व्यापक सहमति सिर्जना गर्ने कुरा बताउनुभयो। उहाँका अनुसार चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्तुत गर्नुभएको“बेल्ट एण्ड रोड”भन्ने निर्णय प्रस्तावले क्षेत्रीय पारस्परिक सम्पर्कको निर्माणका लागि नयाँ प्रवर्द्धन शक्ति प्रदान गर्दछ। छ वर्षयता रुस,पाकिस्तान,इरान,टर्की,अफ्गानिस्तान लगायत 160 मुलुक र संगठनहरुले चीनसँग बेल्ट एण्ड रोड सम्बद्ध सहयोगात्मक दस्तावेजमा हस्ताक्षर गरेका छन्। छ कोरिडोर,छ मार्ग,बहुराष्ट्र तथा बहुबन्दरगाहबाट गठित प्रारुप आधारभूत रुपमा स्थापना भएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान