तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

नेपाली पत्रकार टोलीद्वारा नानयु गाउँको भ्रमण

2019-10-15 14:54:07

    चीनको साताव्यापी भ्रमणमा आएको नेपाली पत्रकारहरूको टोलीले मंगलबार राजधानी पैचिङको छिमेकी प्रान्त हपैस्थित लाइश्वे जिल्लाको नायु गाउँमा पुगी यहाँको गरिबी निवारणको अनुभव लिएको छ। अग्ला पहाडको बीचमा भएको यो गाउँले ३ वर्षभित्रैमा गरिबी निवारण गरेर समृद्धितर्फ उन्मुख भएको छ।

    नानयु गाउँ चिनियाँ गरिबी निवारण कोष र सामसुङद्वारा संयुक्त रूपमा गरिबी निवारणका लागि सहयोग गरिएको गाउँ हो।

    नेपाली पत्रकार टोलीमा गोरखापत्र, नयाँ पत्रिका, अन्नपूर्ण पोस्ट, कान्तिपुर टेलिभिजन, रातोपाटी अनलाइन, द हिमालय टाइम्स, द रिपब्लिका, काठमाण्डौँ प्रेस, काठमाण्डौँ पाटी, नागरिक दैनिक, लगायतबाट आएका पत्रकारहरू समावेश छन्।

    टोलीले २ दिनसम्म यस गाउँमा खोलिएका १५ वटा होमस्टेमा बसेर यहाँको खेतीपाती, पशुपन्छी पालन, फलफूल खेतीबाट गरिबी निवारणमा भएको उपलब्धिबारे जानकारी लिनेछ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान