तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

माल्टा चिनियाँ सांस्कृतिक केन्द्र चीन-माल्टा सांस्कृतिक आदान-प्रदानका लागि महत्वपूर्ण चौतारो

2019-10-14 10:48:03

माल्टा चिनियाँ सांस्कृतिक केन्द्र चीनले युरोपमा स्थापना गरेको पहिलो चिनियाँ सांस्कृतिक केन्द्र हो। वितेका दश भन्दा बढी वर्षको अवधिमा माल्टा चिनियाँ सांस्कृतिक केन्द्रले विविध किसिमको संस्कृति तथा पर्यटन कार्यक्रमको आयोजना गरेको छ। जसबाट माल्टाका सर्वसाधारणहरूले व्यापक रूपमा चिनियाँसँग मित्रता गाँसेका छन्। हाल चिनियाँ संस्कृति माल्टाको धेरै प्रकारको संस्कृतिको एउटा विशेषता बनिसकेको छ भने चिनियाँ सांस्कृतिक केन्द्र पनि चीन र माल्टा बीचको संस्कृति आदान-प्रदान गर्ने एउटा महत्वपूर्ण चौतारो बनिसकेको छ।


माल्टाकी १० वर्षीय केटी ली चन्तलले दुई वर्षसम्म चिनियाँ भाषा पढेकी छिन्। उनले स्पष्ट तथा स्तरीय चिनियाँ भाषामार्फत चिनियाँ लोक गीत“चमेली”गाएकी छिन्। विदेशीले चिनियाँ गीत गाएको जस्तो सुनिँदैन। हरेक बुधबार उनी आफ्नी आमासँगै माल्टा चिनियाँ सांस्कृतिक केन्द्रमा चिनियाँ भाषा सिक्छिन्। उनकी आमा ब्रिफा चन्तल माल्टामा बसोबास गर्ने एक फ्रान्सेली हुन् । साथै उनी चिनियाँ इतिहास तथा संस्कृतिप्रति निकै अभिरुचि राख्छिन्। ब्रिफा चन्तलले यहाँ चिनियाँ भाषा सिक्ने तथा चीनबारे बुझ्ने सबैभन्दा राम्रो ठाउँ रहेको ठहर गरेकी छिन्। उनी भन्छिन्,

माल्टामा विविध संस्कृति छन्। यहाँ धेरै मुलुकबाट आएका बासिन्दाहरु बसोबास गर्छन्। यो एउटा समुद्री टापू हो। र बाह्य संसारका लागि खुला छ। चिनियाँ सांस्कृतिक केन्द्रले चीनबारे जानकारी लिनखोज्नेका लागि एउटा सु-अवसर प्रदान गरेको छ। यसले चिनियाँ संस्कृतिप्रति चासो भएका व्यक्तिहरुका लागि सुहाउँदो ठाउँ प्रदान गरेको छ। मेरो परिवारका तीन जना सदस्य यहाँ चिनियाँ भाषा सिक्दै छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान