नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

उच्चस्तरिय खुलापनमार्फत् चीनले आर्थिक विश्वव्यापीकरणलाई बढाउँदै जाने

2019-10-10 15:58:24

उच्चस्तरिय खुलापनमार्फत् चीनले आर्थिक विश्वव्यापीकरणलाई बढाउँदै जाने

बितेका ७० वर्षमा चीनले मानवजातिको इतिहासमा नदेखिएको विकासको चमत्कार सिर्जना गरेको छ जसबाट प्रमाणित गरिएको छ कि सुधार तथा खुलापन नै वर्तमान चीनको भाग्यको फैसला गर्ने महत्वपूर्ण कदम हो। यस कदमबाट चीनको आर्थिक अवस्थाले फड्को मार्ने गरी परिवर्तन ल्याएको छ साथै विश्व अर्थतन्त्रलाई पनि लाभान्वित गराएको छ। सन् २००६ देखि यता चीनले विश्वको आर्थिक वृद्धिमा गरेको योगदान दर विश्वमा पहिलो स्थानमा रहिरहेको छ। यसबारे चर्चा गर्दै अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्व महाप्रबन्धक क्रिस्टिना लागार्देले भन्नुभयोः चीनको खुलापनको विस्तारबाट विश्वको लागि मौका हो। चीन विश्वको बजार र विश्वको कारखाना पनि हो। चीनमा विश्वको सबैभन्दा ठूलो उपभोग बजार हुनुका साथै विश्वमा सबै किसिमका औद्योगिकता भएको एउटै मात्र मुलुक भएकोले आपूर्ति श्रृंखला पूर्णताको विशेषता चीनसँग छ। चीनबाट निर्यात गरिएका उत्पादित वस्तु उच्च गुणस्तरिय भएकोले अन्तर्राष्ट्रिय बजारको फरक माँगलाई पूरा गर्नसक्छ र निर्यात गन्तव्य मुलुकका वासिन्दाहरूको खर्च घटेको छ जसबाट गन्तव्य मुलुकमा मुद्रास्फितिको दबावलाई कम पारिएको छ।

चीनको वैदेशिक लगानीले विश्वको आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ। बितेका ७० वर्षमा चीनको वैदेशिक लगानी शून्यबाट खरबौं अमेरिकी डलर बढेको छ जसबाट लगानी गन्तव्य मुलुकमा प्रशस्त रोजगारी मौका तथा कर आम्दानी भइरहेको छ।

महत्वपूर्ण कुरा के हो भने बितेका ७० वर्षमा विशेष गरी सुधार तथा खुलापन लागू भएयता चीनले हासिल गरेको ठूलो उपलब्धिबाट विकासोन्मुख मुलुकमा आधुनिकीकरण कार्यान्वयनको लागि हितयुक्त अनुभव प्रदान गरिएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान