नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

#आँखीझ्याल# चीनको चि लीन प्रान्तको पुरानो उद्योग आधार क्षेत्रको उदय

2019-08-23 15:34:47

चीनको उत्तर-पूर्वी भागमा पर्ने चि लीन प्रान्तले उत्तर-पूर्वी भागको उदय कार्यक्रम सँगसँगै र “बेल्ट एण्ड रोड” निर्माणको मौका छोपेर आर्थिक क्षमता, आर्थिक तथा व्यापारिक सहयोग, जन स्तरीय आदान-प्रदानआदि क्षेत्रहरूमा नयाँ उपलब्धि हासिल गरेको छ। यसका साथै चि लीन प्रान्तले पर्यावरणीय सभ्यताको निर्माणलाई विस्तार गर्दै चीनको उत्तर-पूर्वी भागको पर्यावरणीय संरक्षणमा ध्यान दिँदै बालुवाको आँधी रोक्न महत्वपूर्ण जालीको निर्माण गरेको छ।


चि लीन प्रान्त चीनको महत्वपूर्ण पुरानो उद्योग आधार क्षेत्र थियो साथै महत्वपूर्ण खाद्यन्न आधार क्षेत्र र महत्वपूर्ण सिमाना प्रान्त पनि हो। नयाँ चीनको पहिलो मोटर गाडी, पहिलो रेल चि लीन प्रान्तमा उत्पादन गरिएको थियो। चिनियाँ प्रथम मोटर गाडी समूह, छाङ छुन रेल कम्पनीआदि राष्ट्रिय स्वामित्वयुक्त उद्योग-व्यवसायहरू चि लीन प्रान्तमा छ। चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत चि लीन प्रान्त समितिका सचिव बा यिन छाउ लुले हालै पैचिङमा आयोजित एक कार्यक्रममा भन्नुहुन्छ “हामीले व्हा वै, खा ता श्युन फैआदि इन्टर्नेट उद्योग-व्यवसायहरूलाई मोटर गाडी व्यवसायसँग गहिरो रुपमा सम्मिश्रण गर्न समर्थन दिनुका साथै परम्परागत व्यवसाय र डिजिटल अर्थतन्त्रबीचको मिश्रित विकासलाई अगाडि बढाएका छौं। गत वर्षदेखि हामीले हुङ छि स्मार्ट हरित बस्तीको निर्माण थालेका छौं। आविष्कार, अनुसन्धान तथा विकास, उत्पादन, सेवाआदि क्षेत्रमा सूचना प्रसारको गति प्रदान गरिएको छ। हामीले मोटर गाडी संस्कृतिसित मिश्रित हुने स्मार्ट हरित बस्तीको निर्माण गर्ने छौं।”

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान