नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

#अर्थ जगत#भन्सार करमा अडिरहँदा अमेरिकाको आर्थिक ह्रासको जोखिममा गति

2019-08-22 10:39:30

विदेशी व्यापारको निर्यातबाट हेर्दा अमेरिकाको वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार, चालू वर्षको पूर्वार्धमा अमेरिकाको सामानको आयात-निर्यात रकम गत वर्षको सोही अवधिको तुलनामा 0.2प्रतिशतले घटेको छ, तीमध्ये निर्यात रकम गत वर्षको सोही अवधिको तुलनामा 1प्रतिशतले घटेको छ।

यस्तो पृष्ठभूमिमा चीनले निर्यात गर्ने उपभोग्य-वस्तुबाट गठित तीन खर्ब अमेरिकी डलरको सामानका लागि थप भन्सार कर असुल्ने हो भने अमेरिकाको सामानको मूल्यमा वृद्धि हुने छ।

व्यापारिक द्वन्द्वमा कोही पनि विजेता छैन। यो इतिहास र वास्तविताद्वारा धेरै पटक प्रमाणित सिद्धान्त हो। हाल अमेरिकाको विभिन्न व्यवसायले थप भन्सार कर असुलेबाट उत्पन्न दुःखको अनुभव गर्दैछन्। थप भन्सार असुल्न विरोध गर्ने आवाज निरन्तर रुपमा सुनिएको छ। हाल एप्पल कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले थप भन्सार कर असुल्ने हो भने एप्पलको प्रतिस्पर्धात्मक शक्तिलाई हानी पुर्‍याउने कुराको चेतावनी गर्नुभयो।

केही अमेरिकीले थप भन्सार कर विरोधी आवाज सुन्न, यसबाट अमेरिकी अर्थतन्त्रमा पर्ने असरबारे जानकारी राख्न र भन्सार करको अडान त्यागेर समाधानको बाटोमा पुनःफर्कन आग्रह गरेका छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान