नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

#आँखीझ्याल# खानसकिने गुलाफ फूलको व्यवसायद्वारा युन नानको आन निङको अर्थतन्त्रको विकास

2019-08-09 15:17:18


आन निङ गुलाफ कु खाद्य-पदार्थ कम्पनी खानसकिने गुलाफ फूलको प्रशोधन उद्योग-व्यवसाय हो। यो कम्पनीअन्तर्गत उत्पादन विभागका प्रमुख यु चेन व्हैले कम्पनी सन् २०१३ मा बा चे बस्तीमा स्थापित भएको बताउनुभयो। यु चेन व्है भन्नुहुन्छ “यहाँ प्राकृतिक वनस्पति छन्। यहाँ कारखानाको स्थापना गर्नुको कारण यहाँ सबैभन्दा उत्तम भौगोलिक वातावरण छ। सबैभन्दा राम्रो गुलाफ फूललाई प्रशोधन गरेर गुलाफ फूल रोटी बनाउनसकिन्छ। हाम्रो कम्पनीले स्थानीय सरकार र गाउँ समितिलाई जमीनको प्रयोग गर्न अनुमोदन गर्न अनुरोध गरेका थियौं। गाउँ समितिले हामीसँग बीस मू अर्थात् १.३३ हेक्टरको जमीनको प्रयोग गर्न स्वीकार गरेको थियो। हामीले गुलाफ फूल प्रशोधन काराखनाको निर्माण गर्न थालेका थियौं। गुलाफ फूल टिपेको दुई घण्टाभित्र प्रशोधन गर्नसकिन्छ, यसले गर्दा गुलाफ फूलको स्वाद र पोषण ताजा र धेरै रहने हुन्छ।”


बा चेका एक अधिकारी छन यु पिनकाअनुसार, बा चे आन निङ शहरको दक्षिणी जलस्रोत साधनको संरक्षण स्थल हो। राम्रो गुणस्तरको जलस्रोत साधन खानसकिने गुलाफ फूल रोप्नका लागि हितकर छ। स्थानीय गुलाफ फूलद्वारा उत्पादन गरिने ताजा गुलाफ फूल रोटी अर्गानिक खाद्य-पदार्थ हो। छन यु पिन भन्नुहुन्छ “हाम्रो बस्ती दक्षिणी जलस्रोत साधनको संरक्षण स्थल हो। यहाँ कुनै पनि उद्योग छैन र कृषि प्रधानतामा रहेको गाउँ हो। त्यसैले प्रदूषणको राम्रोसँग नियन्त्रण गरिएको छ। साथै खानसकिने गुलाफ फूल रोप्ने क्रममा कीटनाशक औषधी र रसायनिक मलको प्रयोग गर्दा प्राविधिकद्वारा निर्देशन दिने गरिन्छ। टिप्ने कालमा पनि रसायनिक मल र कीटनाशक औषधीको प्रयोगको गम्भीर रुपमा नियन्त्रण गरिनुपर्छ। त्यसैले हामीले उत्पादन गर्ने गुलाफ फूल अर्गानिक हरियो खाद्य-पदार्थ हो।”

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान