नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

#अल्पसंख्यक जाति# जातीय सँस्कृतिको शिक्षाबाट तु लुङ जातीय सँस्कृतिको संरक्षण 1

2019-08-06 16:10:22


हरेक साताको एक दिन बिहान चार र पाँच ग्रेडको कक्षाबाट तु लुङ भाषा पढिरहेको आवाज सुन्नसकिन्छ। शिक्षक मा च्यानसिनले सन् 2006देखि विद्यालयमा दोभाषे शिक्षा सुरू गरेका छन्। सुरूमा तु लुङ भाषा मात्र बोल्ने बच्चालाई चिनियाँ भाषा सिकाउने सुविधाका लागि दोभाषे शिक्षा सुरू गरिएको थियो। करीब दश वर्षको अवधिमा हाल दोभाषे शिक्षाको लक्ष्यमा परिवर्तन भएर बालबालिकालाई आफ्नो जातिको भाषा सम्झना गराएको छ।  पहिला तु लुङ जातीय भाषा बोलिने मात्रै थियो तर लिपि लेखन थिएन। हाल यो भाषा बाल-बालिकाको मनमा दृढताका साथ बसेको छ। 

 “हाम्रो तु लुङ जातीय भाषा अल्पसंख्यक जातीय भाषा हो। तु लुङ जातीय सँस्कृति, विशेष गरी भाषा सजिलै रूपमा बाह्य सँस्कृतिबाट प्रभावित पारिन्छ। हाम्रा विद्यार्थीहरूले मातृभाषाद्वारा कुराकानी गर्ने अवस्था कम छ। सामान्य रूपमा घरमा मातृभाषाको प्रयोग गर्नुका साथै विद्यालयमा चिनियाँ भाषा बोल्छन्। त्यसैले मेरो विचारमा हाम्रो भाषाको संरक्षण ज्यादै महत्वपूर्ण छ। हाम्रो जातीय भाषा क्रमशः हराउने चिन्ता मलाई लाग्यो। पहिले बालबालिकाहरूले कम्तीमा केही तु लुङ जातीय लोक गीत गाउँथे। तर हाल हामी लगायत अधिकांशलाई गाउँन आउँदैन। किनकि हामीले आफ्नो जातीय सँस्कृति सिक्ने मञ्च छैन।”

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान