नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

#अल्पसंख्यक जाति# जातीय सँस्कृतिको शिक्षाबाट तु लुङ जातीय सँस्कृतिको संरक्षण 1

2019-08-06 16:10:22

तु लुङ जाति जनसंख्याका हिसाबले सात हजारभन्दा कम भएको अल्पसंख्यक जाति हो।  यो जातिका सर्वसाधारण पुस्ता-पुस्तादेखि  “दक्षिण-पश्चिमी चीनको रहस्य” तु लुङ च्याङ घाटीमा बस्दै आएका छन्।  पहिला यिनीहरूले बाह्य समाजबाट अलग भएर अति गरिब जीवन बिताउँथे। हाल चीन सरकारको सहयोग र सहायतामा तु लुङ च्याङ बस्तीमा सडक, विद्युत, इन्टरनेट सञ्चालन हुनुका साथै आनन्ददायी आवासको निर्माण गरेको छ। सन् 2018 मा पूरै तु लुङ जाति गरिबीबाट मुक्त भएर आदिम समाजबाट आधुनिक समाजमा प्रवेशको ऐतिहासिक परिवर्तन आत्मसात गरेको छ।


सँस्कृति जातिको जीवन र निरन्तरताको आत्मा हो। तु लुङ जाति गरिबी निवारणको उपलब्धिलाई सुदृढ पार्न र सम्पन्नताको सपना साकार तुल्याउनका लागि जातीय विशेषतायुक्त साँस्कृतिक शिक्षालाई सबल पार्नुपर्छ र तु लुङ जातिको मूलको संरक्षण गर्नुपर्छ। तु लुङ च्याङ बस्तीमा नौ वर्षे प्रणालीको विद्यलय प्रमुख याङ सयाङले जातीय सँस्कृतिको आत्म-विश्वास बढ्न र विकास गर्न बच्चादेखि र शिक्षाबाटै सुरू गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। सर्वप्रथम तु लुङ भाषाको संरक्षण गर्नुपर्छ। दोभाषे शिक्षाद्वारा जातीय सँस्कृतिको सम्झना, उत्तराधिकार र विकास गर्न सकिन्छ।

 “हाम्रो विकास फड्को मार्ने किसिमले भएको हो। एक पाइलाले हजार वर्ष पार गरेको जस्तै छ। हाम्रा बालबालिकाले इतिहास बिर्सने सम्भावना छ। त्यसैले हामीले दोभाषे शिक्षण सुरू गरेर तु लुङ लिपि लेखन र अध्ययन तरीका सिकाएका छौं।”

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान