नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

स्थिर रुपमा विकसित हुँदै चीनको अर्थतन्त्र झन् सशक्त

2019-08-01 10:55:51

हाल चीनले विश्व आर्थिक बृद्धिका लागि गरेको योगदान ३० प्रतिशत पुगेको छ। आगामी दिनहरूमा चीन यथावत् रुपमा विश्व आर्थिक बृद्धि हुने सशक्त इन्जिन हुँदै जानेछ। अर्को महत्वपूर्ण कुरा के छ भने यस वर्षको पूर्वार्द्धमा चीनको आर्थिक बनौटमा निरन्तर रुपमा सुधार हुने स्पष्ट विशेषता देखा परेको देखिन्छ। अधिकांश तथ्यकुराबाट के स्पष्टसँग प्रष्ट छ भने चीनको आर्थिक बृद्धिको शक्ति झन् सशक्त हुँदैछ। निकै जटिल र बदलिँदो अन्तर्राष्ट्रिय वातावरणमा चीनको अर्थतन्त्र निरन्तर रुपमा उच्च गुणस्तरतिर विकसित हुँदै जानेछ। जुन चीन सरकार तथा उद्योग-व्यवसायको साझा प्रयाससँग घनिष्ट सम्बन्ध रहेको छ। किनकि चीन सरकारले सक्रिय बैकिङ नीति र स्थिर मुद्रा नीति अपनाएर कर र खर्चलाई घटाउने लगायतका विविध कदम चाली चीनको अर्थतन्त्रको प्रचलनलाई उचित परिधिमा कायम राख्दै आएको छ। यस वर्ष नयाँ चीनको स्थापनाको ७० औँ वार्षिकोत्सव हुनुका साथै चिनियाँ कम्युनिष्ट पार्टीले सम्पूर्ण रुपमा सम्पन्न समाजको निर्माण गर्ने महत्वपूर्ण वर्ष पनि हो। यस्तो अवस्थामा यस वर्षको पूर्वार्धमा चीनले अर्थतन्त्रको यस्तो तथ्याङ्कलाई विश्वसामु देखाउँदा ज्यादै असहज कुरा रहेको छ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान