नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

स्थिर रुपमा विकसित हुँदै चीनको अर्थतन्त्र झन् सशक्त

2019-08-01 10:55:51

चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले जुलाई १५ तारिख सूचना सार्वजनिक गर्दै यस वर्षको पूर्वार्द्धमा चीनको कूल गार्हस्थ्य उत्पादन मात्रा झण्डै ४ सय ५० खर्ब ९० अर्ब चिनियाँ युआन पुगेको र अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.३ प्रतिशतले बृद्धि भएको जनाएको छ। विश्व अर्थतन्त्रको सामु एकपक्षीयतावाद र संरक्षणवाद चर्कंदै आएको पृष्ठभूमिमा चीनको अर्थतन्त्रले समष्टिगत रुपमा स्थिर भएर विकसित हुने प्रवृत्तिलाई कायम राख्दै आएको देखिन्छ। के भन्नसकिन्छ भने आर्थिक बृद्धि झन् सशक्त हुँदैछ। गत वर्षदेखि बाह्य जगतका अस्थिर र अनिश्चित तत्वहरू बढ्दै गएकाले चीनको अर्थतन्त्र तल झर्ने दबाव पनि ठूलो बन्दै आएको छ। तैपनि रोजगार, मालसामानको बजारभाउ र आय लगायतका मुख्य समष्टिगत आर्थिक सूची पनि उचित परिधिमा स्थिर रुपमा चलिरहेको देखिन्छ। ती मुख्य समष्टिगत आर्थिक सूचि स्थिर रुपमा चलिरहेकाले चीनका लागि वर्षभरिको आर्थिक बृद्धि लक्ष्यलाई साकार तुल्याउन राम्रो जग पनि बसालेको छ। हालसम्म धेरै मुलुकहरूले यस वर्षको पूर्वार्द्धमा आफ्नो आर्थिक तथ्याङ्कलाई सार्वजनिक नगरे तापनि अन्तर्राष्ट्रिय संगठनको सम्बद्ध अनुमान बमोजिम यस वर्षको पूर्वार्द्धमा चीनको ६.३ प्रतिशतको बृद्धिदरले सारा विश्वका मुख्य आर्थिक समुदायमध्ये अघिल्लो पङ्क्तिमा रहनेछ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान