नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

#आँखीझ्याल# चिनियाँ कोरियाली जातिको पहिलो गाउँ अर्थात् हुङ छि गाउँको रीतिरिवाज पर्यटनको पुनःउत्थानको बाटो

2019-06-28 15:12:19

“नमस्ते, चीनको कोरियाली जातिको पहिलो गाउँ आउनुभएकोमा तपाईंलाई स्वागत छ। म मुखिया हुँ। अब म तपाईंलाई हाम्रो हुङ छि गाउँको अवलोकन गर्न र हाम्रो कोरियाली जातिको रीतिरिवाज र संस्कृतिबारे जानकारी दिने छु।”


यस्तो जानकारी चिन मै लिङले प्रतिदिन छ, सात पटक र व्यस्त सिजनमा कम्तीमा पनि दश पटक भन्ने गर्छिन्। चिन मै लिङ हुङ छि गाउँकी कोरियाली जातिकी केटी हुन् साथै गाउँका पर्यटकीय मुखियाहरूमध्येकी एक हुन्।


“चिनियाँ कोरियाली जातिको पहिलो गाउँ” कहलाइएको आन थु जिल्लाको हुङ छि गाउँ चि लिन प्रान्तीय यान प्येन कोरियाली जातीय प्रशासनिक क्षेत्रमा पर्दछ। यो गाउँमा ८६ वटा परिवारका ३२६ जना वासिन्दा छन्। प्रायजसो वासिन्दाहरू कोरियाली जातिका हुन्। पहिला हुङ छि गाउँ गरिब गाउँ थियो। स्थानीय वासिन्दाको प्रयास र सुधारपछि हालको हुङ छि गाउँ चीनको सभ्यता गाउँ बनेको छ। प्रतिदिन पर्यटकहरू हेरेर चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत हुङ छि गाउँ समितिका सचिव मङ फान पिनले पहिलाको हुङ छि गाउँको सिँहावलोकन गर्दै भन्नुभयो “सन् २००४ मा हुङ छि गाउँको आबास क्षेत्रको जिर्णोद्धार भएपछि हामीले हाम्रो गाउँका तीन जनालाई यान च, स्वै फन ह, है लुङ च्याङ प्रान्तीय मू तान च्याङ शहर, हार्बिन, चि लिन प्रान्तीय चि लिन र छाङ छुन शहरमा हाम्रो गाउँको पर्यटनको प्रचार-प्रसार गर्न खटाएका थियौं। तीनै जना स्थानीय पर्यटन एजेन्सीहरूमा गए। हरेक पर्यटन एजेन्सीमा उनीहरूले समय बिताए र गाउँको विशेषतायुक्त पर्यटनबारे एजेन्सीलाई जानकारी गराए। हाल गाउँमा पर्यटकको संख्यामा वृद्धि भएको छ।”

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान