नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

#अर्थ जगत#चीनको पूँजीबजार दुबैतिर खुला हुने निर्णायक अवस्थामा

2019-06-20 09:54:55

#अर्थ जगत#चीनको पूँजीबजार दुबैतिर खुला हुने निर्णायक अवस्थामा

चार वर्षको तयारीपछि शाङगहाई स्टक इक्सचेन्ज र लण्डन स्टक इक्सचेन्जबीचमा अन्तरसन्जाल व्यवस्था आज जुन सत्र तारिख सोमबार लण्डनमा औपचारिक रुपमा शुरु भएको छ। यो चीनको पूँजी बजार दुबैतिर खुला हुने महत्वपूर्ण कदम हो। यसले चीन र बेलायतको पूँजी बजारको विकासका लागि हितकर बनाएको छ। यो व्यवस्थाको नवीकरण डिजाइनले विश्वसमक्ष चीनको पूँजी बजारले खुलापनलाई विस्तार गर्ने अठोट र कारवाही देखाएको छ।

शाङहाई स्टक इक्सचेन्ज र लण्डन स्टक इक्सचेन्जको अन्तरसन्जाल व्यवस्था सन् 2015 को सेप्टेम्बरमा आयोजना भएको सातौं चीन-बेलायत आर्थिक तथा बित्तीय वार्ताबाट सुरु भएको हो। यो व्यवस्थाको मुख्य उद्देश्य चीनको पूँजी बजारको दुबैतिर खुलापनलाई विस्तार गर्नु हो। यो व्यवस्थाअनुसार, अवस्था अनुकूल हुने दुई वटा क्षेत्रका सूचीकृत कम्पनीले डिपोजिटरी रिसिप्ट प्रकाशित गर्नसक्नुका साथै एकअर्काको स्टक बजारमा बिक्री गर्न सक्नु हो।

चीनको पूँजी बजारको सुधार तथा खुलापनको साकारत्मक परीक्षाको रुपमा शाङहाई स्टक इक्सचेन्ज र लण्डन स्टक इक्सचेन्जको अन्तरसन्जाल व्यवस्थाले चिनियाँ लगानीकर्ता र उद्योग-व्यवसायले विश्वतर्फ लम्कनका लागि नयाँ माध्यम उपलब्ध गराएको छ।

चीनको पूँजी बजारको विकासको दृष्टिकोणबाट शाङहाई स्टक इक्सचेन्ज र लण्डन स्टक इक्सचेन्जको अन्तरसन्जाल व्यवस्थाले शाङ्हाई स्टक इक्सचेन्ज र लण्डन स्टक इक्सचेन्जलाई जोडेको छ। यो चीनको पूँजी बजारको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक शक्तिलाई उकास्नका लागि हितकर भएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान