नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

#चिनारी# प्रजातन्त्र र नयाँ जीवन

2019-06-19 10:22:56

अन्तिम सम्राटको पदच्युतपछि चीन प्रजातान्त्रिक कालमा प्रवेश गर्यो। प्रजातन्त्रको चर्चा गर्दा सुन चुङ शान अर्थात् सुन यी स्यानको बारेमा सर्वप्रथम जानकारी दिनु उत्तम हुन्छ।

सुन चुङ शान सन् १८६६ मा चिनियाँ क्वाङ तुङ प्रान्तीय छ्वी हङ गाउँमा एउटा गरिब परिवारमा जन्मेका थिए। बाल्यकालदेखि नै उनलाई “थाइ फिङ थ्यान को” नामक किसान विद्रोहको कथा सुन्न मन पराउँदथे। बाह्र-तेह्र वर्षेको उमेरमा धनी दाजुको सहयोगमा उनको परिवार होनोलुलुमा बसाइँसरको थियो। उनले होनोलुलु, हंगकंग लगायत क्षेत्रमा प्रणालीगत आधुनिक शिक्षा पाएका थिए। त्यसपछि उनले गरिब र पिछडिएको मात्रृभमिको उद्धार गर्ने उपाय खोजेका थिए।


त्यस अवसरमा चीनमा विविध किसिमका क्रान्ति र देशभक्त आन्दोलन चलेको थियो। विविध क्रान्ति समूहले धेरै सैन्य विद्रोह गरे तापनि सफल हुनसकेको थिएन। क्रान्ति लहर आउँने ठहर लिएर सन् १९०२ देखि १९०५ सम्म सुनले देशविदेशको विभिन्न क्षेत्रको यात्रा गर्दै क्रान्ति विचारको प्रसार गर्नुका साथै क्रान्ति समूहको गठन गरेका थिए।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान