नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

“बेल्ट एण्ड रोड” प्रस्तावलाई व्यवहारमा उतार्ने क्रममा चिनियाँ उद्योग-व्यवसायीद्वारा प्रशस्त उपलब्धि हासिल

2018-09-14 11:01:39 CRI

“बेल्ट एण्ड रोड” प्रस्तावले चिनियाँ उद्योग-व्यवसायीहरूलाई “विदेश जान”का लागि विकासको मूल्यवान मौका उपलब्ध गराएको छ। साथै “बेल्ट एण्ड रोड” प्रस्तावलाई व्यवहारमा उतार्ने क्रममा चिनियाँ उद्योग-व्यवसायीहरूको ठूलो जिम्मेवारी रहेको छ। “बेल्ट एण्ड रोड”को निर्माणसम्बन्धी चिनियाँ मुख्य सञ्चार-माध्यमको भ्रमण टोलीले हाल सर्बिया, बेलारूस र कजाकिस्तानको भ्रमण गरेको थियो। भ्रमण टोलीका पत्रकारहरूले भ्रमणको दौरानमा वैदेशिक निर्माणको शुरुवातमा चिनियाँ उद्योग-व्यवसायीहरूको सामु धेरै कठिनाइ देखापरेको, तर ती चिनियाँ उद्योग-व्यवसायीहरूले निरन्तर रुपमा अन्वेषण गरी “साझा परामर्श, साझा निर्माण र साझा लाभ”को सिद्धान्त पालना गरेका छन्। “पारस्परिक हित र साझा विजय”को आधारमा चिनियाँ उद्योग-व्यवसायीहरूका लागि “बेल्ट एण्ड रोड”प्रस्तावलाई अगाडि बढाउने महत्वपूर्ण शक्ति बनेका छन्।

चीन-बेलारुस उद्योग पार्क चीन र बेलारुस यी दुबै मुलुकले रेशमी मार्ग आर्थिक पेटीको निर्माणलाई अगाडि बढाउने सबैभन्दा ठूलो सहयोगात्मक परियोजना हो र हालसम्म चीनले विदेशमा लगानी गरेको सबैभन्दा ठूलो क्षेत्रफलको, सर्वोच्च स्तरको सहयोगको र सबैभन्दा सहुलियत नीतिको उद्योग पार्क हो।

चीन व्यापार समूह बोर्डका सदस्य एवम् चीन-बेलारुस उद्योग पार्कको विकास कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हु चङ भन्नुहुन्छ

“तपाईंहरूले सडकको छेउमा राखिएको चिन्ह हेर्नुहोस्, यसरी लेखिएको छ, “समय पैसा हो, कार्यक्षमता जीवन हो।” सन् २०१५ अक्टोबरमा हामीले यो चिन्ह यहाँ राखेका थियौं। चीन-बेलारुस उद्योग पार्क साढे दुई वर्षभन्दा कम समयमा निर्माण भएको छ। समय र कार्यक्षमता उद्योग-पार्कको निर्माणमा देखिएको छ।”

हाल चीन-बेलारुस उद्योग पार्कमध्येको ३.५ वर्ग किलोमिटरको पहिलो चरणको परियोजनाको आधारभूत प्रबन्ध पूर्ण रुपमा सम्पन्न भइसकेको छ। हालसम्म जम्मा ३७ वटा उद्योग-व्यवसायले यो उद्योग पार्कमा प्रवेश गरेका छन्। तीमध्ये १६ वटा विदेशी उद्योग-व्यवसायी हुन्। चीन-बेलारुस उद्योग पार्कको निर्माण लक्ष्यबारे चर्चा गर्दा हु चङ भन्नुहुन्छ “अन्तर्राष्ट्रियस्तरको र पर्यावरणीय व्यवसाय पार्क निर्माण गर्ने हाम्रो लक्ष्य छ। चीन-बेलारुस उद्योग पार्क चिनियाँ उद्योग पार्क मात्र नभई विश्वतर्फ उन्मुख हुने अन्तर्राष्ट्रिय उद्योग पार्क हो।”

कम्पनीको व्यवस्थापनबारे चर्चा ग‍र्दै चीन-बेलारुस उद्योग पार्कको विकास कम्पनी लिमिटेडका महाप्रबन्धक ली हाई सिन भन्नुहुन्छ “हाल कम्पनीमा एक सयभन्दा बढी चिनियाँ कर्मचारी छन्। चिनियाँ कर्मचारीहरूको संख्या स्थानीय कर्मचारीहरूको संख्याभन्दा १५ प्रतिशत कम छ। यसका साथै यो अनुपात क्रमशः साँगुरो हुने छ। उद्योग पार्कको विकास र संचालन क्षेत्रमा बेलारुसभन्दा चीनको अनुभव धेरै छ, त्यसैले प्रायजसो चिनियाँ कर्मचारी व्यवस्थापक हुन्।”

“बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत भएको पाँच वर्षयता प्रशस्त उपलब्धि हासिल भएको छ। अन्वेषणको प्रयास गरिरहेका चिनियाँ उद्योग-व्यवसायीहरूले चीनको छविको प्रतिनिधित्व गरेका छन्, “बेल्ट एण्ड रोड” प्रस्तावलाई व्यवहारमा उतार्न प्रयास गरिरहेका छन्। “बेल्ट एण्ड रोड” प्रस्ताव चीनको दीर्घकालीन बाह्य खुलापन र बाह्य सहयोगको समष्टिगत परियोजना हो। बाटो लामो छ, चिनियाँ उद्योग-व्यवसायीहरू अगाडि हिँडने छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान