#आँखीझ्याल# ओखरमा निर्भर समृद्धिको बाटो_china.com
नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

#आँखीझ्याल# ओखरमा निर्भर समृद्धिको बाटो

2018-08-10 16:48:31

आन व्है प्रान्तीय ह फै शहरको छाङ फङ जिल्ला छिङ फङ लिङ गाउँमा वार्षिक रुपमा पानीको अभाव छ, एक गरिब गाउँ थियो। त्यहाँ गरिबी निवारण कार्य निकै अप्ठ्यारो काम थियो। हालैका वर्षहरूमा स्थानीय किसानहरूले अमेरिकी ओखर लगायतका कृषि बाली रोपेर विशेष व्यवसायले गरिबी निवारणका लागि बाटो पहिल्याएका छन्।


पत्ररकारहरू छिड्ड फङ लिङ गाउँ पुग्दा अमेरिकी ओखर वनस्पतिद्वारा आकर्षित गरिएको छ। अमेरिकी ओखरको रोपाइ व्यापार एवम् आन व्है श्वन युआन कृषि कम्पनी लिमिटेडका महाप्रबन्धक शन च्युन छङले पत्रकारसँग भन्नुभएअनुसार, स्थानीय क्षेत्रले अमेरिकी ओखरका प्रकार भित्र्याउनुको मुख्य कारण स्थानीय प्राकृतिक मौसम अमेरिकी ओखर रोप्न अनुकूल भएकोले गर्दा नै हो। शन च्युन छङ भन्नुहुन्छ “यो व्यवसाय छान्नुको कारण हाम्रो गाउँमा पानीको अभाव छ। सामान्य कृषि बालीको रोपाइको उत्पादन-मात्रा कम छ तर लागत बढी छ, खास गरी कहिलेकाहीँ प्राकृतिक प्रकोप देखापरेको थियो। बनौटको सामान्जस्यताले गर्दा हामीले यो ओखर छानेका छौं।”


सन् 2014 मा शन च्युन छङले जम्मा एक करोड चिनियाँ युआन लगाएर मेशनको नयाँ ढाँचामार्फत समस्त गाउँमा अमेरिकी ओखरको रोपाइको प्रचार-प्रसार गर्नुभएको थियो। शन च्युन छङले राम्रो आर्थिक फाइदा प्राप्त गर्नुका साथै खेतीपातीमार्फत हिस्सेदारी तथा रोजगारी भित्र्याउने लगायतका तरीकाहरूमार्फत स्थानीय किसानलाई फाइदा पुर्‍याउनुभयो। छिङ फङ लिङ गाउँ गरिबीबाट मुक्त हुने प्रक्रियामा गति प्रदान गरिएको छ। शन च्युन छङकाअनुसार, बाह्र वटा गरिब परिवारले खेतीपातीमार्फत उद्योग-व्यवसायको हिस्सेदार बनेका छन्। हरेक वर्ष उद्योग-व्यवसायले गरिब परिवारको एक मू अर्थात् 0.067 हेक्टरको खेतीपातीका लागि छ सय चिनियाँ युआन लाभांश उपलब्ध गराएको छ। प्रति परिवारले एक वर्षमा सरदर पाँच हजार चिनियाँ युआन पाउनसक्छ। यस बाहेक, शन च्युन छङले गरिब परिवारहरूलाई अमेरिकी ओखरको रोपाइसम्बन्धी तालिम दिनका लागि “छाङ फङ जिल्ला ओखर रोपाइ संघ”को स्थापना गर्नुभयो। उहाँ भन्नुहुन्छ “सन् 2016 स्थापना भएयता हामीले चार पटक तालिम कक्षाको आयोजना गरेका छौं। हरेक पटक तालिम लिएका वासिन्दाहरूको संख्या एक सय जना बराबर भयो। तालिम कक्षाले प्राविधिक तालिम दिनुका साथै ग्रामीण क्षेत्रको विकास नीतिको प्रचार-प्रसार गरेको छ।”


शन च्युन छङले कम्पनीले छिङ फङ लिङ गाउँका गरिब वासिन्दाहरूलाई सानो ओखर विरुवा उपलब्ध गराई गरिब वासिन्दाहरूलाई धनी बनाउन मद्दत दिएको छ। उहाँ भन्नुहुन्छ “गत वर्षको अन्त्यदेखि चालू वर्षको वसन्तसम्म जम्मा एक सय पन्ध्र वटा गरिब परिवार छन्। कम्पनीले हरेक परिवारलाई बीस वटा ओखरका विरुवा दिएको छ। गरिब वासिन्दा धनी बनेका छन्, आम्दानी भएपछि उनीहरू गरिब रहेनन्।”


वासिन्दा फङ मो थाउले ओखर वनस्पतिका कारण रोजगारी पाएका छन्। हरेक वर्षमा उनको आम्दानी चार हजारदेखि पाँच हजार चिनियाँ युआनसम्म बढेको छ। उनी भन्छन् “हामीले यहाँ मल हाल्ने काम गर्छौं, ओखर विरुवा सुचारु रुपमा हुर्कन प्रत्याभूति दिन्छौं। हाम्रो ओखर प्राकृतिक हो र कुनै पनि रसायन छैन। हामीले अर्गानिक मल हालेका छौं। व्यक्तिको आम्दानी चार हजारदेखि पाँच हजार चिनियाँ युआनसम्म छ। हाम्रो तलब राम्रो छ।”


हालसम्म छाङ फङ जिल्लामा अमेरिकी ओखर खेतीको क्षेत्रफल बाह्र हजार मू अर्थात् आठ सय हेक्टर पुगेको छ। छाङ फङ जिल्लाले पनि ओखर व्यवसायको विकासलाइ छाङ फङ जिल्लाको आधुनिक कृषिसम्बन्धी 310 नम्बर योजनामा राखेको छ। विशेष व्यवसायले गरिबी निवारणलाई मद्दत दिने आशा छाङ फिङ जिल्लाले लिएको छ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान