तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

अमेरिकाद्वारा चर्काइएको व्यापार युद्धले सारा विश्वको उद्योग श्रृंखलामा गम्भीर खतरा पुर्‍याएको विशेषज्ञहरूको ठहर

2018-07-12 10:24:47 CRI

यस जुलाई छ तारिख अमेरिकाले 24 अर्ब अमेरिकी डलरको चिनियाँ उत्पादित वस्तुका लागि 25प्रतिशत भन्सार कर असुल्न थालेको छ जसबाट व्यापार युद्ध चर्काइएको देखिन्छ। यसप्रति चीनले प्रतिक्रिया जनाएको छ। चीनका धेरै अर्थशास्त्रीको विचारमा अमेरिकाले चर्काएको यस व्यापार युद्ध आर्थिक व्यवस्था अनुकूल छैन भने यसले सारा विश्वको उद्योग श्रृंखलामा गम्भीर खतरा पुर्‍‍याएको छ।

किन अमेरिकाले हालसम्म आर्थिक इतिहासमा सबैभन्दा ठूलो परिमाणको व्यापार युद्ध चर्काएको छ त?विशेषज्ञका अनुसार यस व्यापार युद्धले अमेरिकाको व्यापारिक घाटा र असन्तुलन समस्याको समाधान गर्ने लक्ष्य लिइएको होइन। चीनलाई आफ्नो नियन्त्रणामा राख्ने विचार नै सम्बन्धित कारणहरुमध्ये एक हो। चीनको वाणिज्य मन्त्रालयको अन्तर्राष्ट्रिय व्यापार तथा अर्थतन्त्र सहयोग अनुसन्धान प्रतिष्ठानका अनुसन्धानकर्ता मै सिन युको विचारमा अमेरिकाको वर्तमान आर्थिक परिस्थिति राम्रो दिशातर्फ विकसित भैरहेको छ। अवनति अवधिमा नरहेको अमेरिकाले हाल व्यापार युद्ध चर्काएकाले प्रभावकारी रुपमा रोजगार र हित कल्याणलाई बढाउनसक्दैन। उहाँले अगाडि भन्नुभयो:आर्थिक दृष्टिकोणबाट हेर्दा अमेरिकाले उक्त व्यापार युद्ध चर्काउनु आर्थिक तर्कसित मिल्दैन। वास्तवमा चीन र अमेरिकाबीचको घर्षण प्रभुत्ववाद बोकेको अमेरिकाले विकसित भैरहेको नयाँ ठूलो मुलुक चीनलाई बाधा पुर्‍याउनका लागि उठाएको हो। यस व्यापार युद्धबाट केही दशकअघि अमेरिकाले चीनलाई दबाएको रणनीति विफल भएको प्रतिबिम्बित भएको छ। जसबाट अमेरिकाले अर्को नयाँ चरणमा प्रवेश गर्नुपर्छ।

अमेरिकाको उक्त गतिविधिलाई प्रतिक्रिया जनाउनका लागि चीनले पनि सोही दिन अमेरिकाको एउटै परिमाणको अमेरिकी उत्पादित वस्तुमाथि 25प्रतिशत भन्सार कर असुल्न थालेको छ। चीनले कडा रुपमा यस्तो प्रतिक्रिया जनाउने शक्ति कहाँबाट आएको हो? राष्ट्रिय तथ्याङ्क व्युरोका सम्बन्धित तथ्याङ्कअनुसार चालू वर्षको पहिलो त्रैमासिक अवधिमा चीनको कुल गार्हस्थ उत्पादन मात्राको वृद्धि दर 6.8प्रतिशत पुगेको छ। दोस्रो त्रैमासिक अवधिको कूल गार्हस्थ उत्पादन मात्राले निरन्तर मध्यम उच्च गतिलाई कायम राख्दै जाने सम्भावना छ। सारा देशको कूल मालसामान आयात निर्यात रकम 116 खर्ब 32 अर्ब चिनियाँ युआन बराबर छ भने गत वर्षकोभन्दा 8.8प्रतिशतले बढेको छ। चीनको अन्तर्राष्ट्रिय व्यापार प्राज्ञिक समितिका उपप्रमुख लि युङ्गको विचारमा अर्थतन्त्रको स्थिर विकास नै व्यापार युद्ध गर्ने सबैभन्दा महत्वपूर्ण शक्ति हो। उहाँले भन्नुभयो:हाम्रो अर्थतन्त्र नयाँ अवस्थामा प्रवेश गरेको छ। हाल अर्थतन्त्रको वृद्धि अपेक्षाकृत स्थिर भैरहेको छ। अर्थतन्त्रको वृद्धि 6.5देखि र 6.9प्रतिशतसम्मको भित्रमा कायम राखिरहेको छ। व्यापार युद्धको भावी क्रममा हाम्रो अर्थतन्त्रको विकासमा ठूलो समस्या रहेको छैन।

वाणिज्य मन्त्रालयको अनुसन्धान प्रतिष्ठानको अन्तर्राष्ट्रिय बजार अनुसन्धान विभागका उपप्रमुख पाइ मिङ्गको विचारमा आर्थिक विश्वव्यापीकरणको पृष्ठभूमिमा अमेरिकाद्वारा चर्काइएको व्यापार युद्धले सारा विश्वको बहुपक्षीय व्यापारिक प्रणालीमा ठूलो प्रभाव पार्ने छ। त्यसका विपरीत विश्वव्यापीकरणमा ल्याउने चुनौती पनि अझ बढी बलियो बन्ने छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान