तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

इन्टर मिलानको अधिकाँश शेयर चिनियाँ व्यवसाय सुनीङले किने

2016-06-07 15:34:36 CRI

चीनको खुद्रा बिक्री क्षेत्रको एक प्रभावशाली कम्पनी सुनीङ ग्रूप अन्तर्गत सुनीङ खेलकूद उद्योग समूहले 27 करोड यूरोको मूल्यमा इटलीको इन्टर मिलान फुटबल क्लबको करिब 70 प्रतिशत शेयर खरिद गरेको छ।

जुन छ तारिख सुनीङ ग्रूपले आयोजना गरेको प्रेस सम्मेलनमा सो ग्रूपका बोर्ड अध्यक्ष चाङ चिनतुङले जानकारी दिए अनुसार, इन्टर मिलान क्लब खरिद गर्नु सुनीङ ग्रूपको रणनीतिको एक महत्वपूर्ण भाग हो जुन खेलकूद तथा स्वास्थ्य क्षेत्र अन्तर्गत पर्दछ जसबाट सुनीङ फुटबल क्लबको प्राविधिक प्रणाली तथा व्यवस्थापन क्षमतालाई उकास्न सकिने आशा गरिएको छ।

सन् 1908मा स्थापित इन्टर मिलान फुटबल क्लब विश्वका प्रसिद्ध फुटबल क्लबहरुमध्येको एक मानिन्छ। चीनमा यस क्लबका धेरै प्रशंसकहरू छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान