नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > आदान-प्रदान > विस्तृत विषय

चिनियाँ नौ सेनाको जहाज मण्डल पाकिस्तानको भ्रमणमा

2016-01-08 10:44:53

7 तारिख विहान चिनियाँ नौ सेनाको 21औं सुरक्षा जहाज मण्डलले पाकिस्तानी कराची शहर पुगेर पाँच दिने मैत्रिपूर्ण भ्रमण सुरु गरेको छ।

सो क्रममा पाकिस्तानी सेनाले भव्य स्वागत समारोहको आयोजना गरेको छ। साथै उक्त चिनियाँ जहाज पाकिस्तानी सर्वसाधारणका लागि खुल्ला पनि गरिएको छ।

भ्रमणको अवसरमा जहाज मण्डलका निर्देशकले पाकिस्तानी नौ सेनाका नेतागणसँग भेट-वार्ता गर्नुका साथै स्थानीय विशेष बाल विद्यालयमा सहयोग गर्ने, नौ सेना विद्यालयको भ्रमण गर्ने आदि कार्यक्रममा भाग लिनुहुने जनाइएको छ। जहाज मण्डलका सैनिकहरु र पाकिस्तानी नौ सेनाका सैनिकहरुबीच संयुक्त अभ्यास, वैचारिक आदान-प्रदान, फुटबल प्रतियोगिता आदि कार्यक्रम हुने पनि बताइएको छ।

बताए अनुसार, चिनियाँ नौ सेनाको जहाज मण्डलले 11 तारिखसम्म पाकिस्तानको मैत्रिपूर्ण भ्रमण पूरा गरेर श्रीलंकाको भ्रमण गर्ने छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान