राष्ट्रिय सिर्जनशीलता र विकास रणनीति अनुसन्धान परिषद्, चिनियाँ अन्तर्राष्ट्रिय प्रकशान ग्रुप, 21 औँ कमिटी र बेलायतका लागि चिनियाँ राजदुताबासको संयोजकत्वमा "नयाँ युगको चीन" शीर्षकको अन्तर्राष्ट्रिय गोष्ठी अप्रिल एघार तारिख लण्डनमा सम्पन्न भएको छ। सो गोष्ठी सी चिन फिङ: चीनको शासन व्यवस्थाको दोस्रो भाग बहु भाषी पुस्तकको विमोचन समारोहलाई साथ दिने कार्यक्रम रहेको सिन्ह्वा समाचार समितिले जनाएको छ।
चिनियाँ इन्टरनेट कम्पनी टिन्सेन्टले आज अप्रिल बाह्र तारिख एउटा प्रतिवेदन जारी गर्दै चीनको डिजिटल अर्थतन्त्र तीव्र गतिले विकसित भइरहेको र सन् 2017 को डिजिटल अर्थतन्त्र मात्रा दुई सय सतसट्ठी खर्ब चिनियाँ युआन पुगेको जानकारी दिएको छ।
दशौँ भारतीय रक्षा मामिला प्रदर्शनी अप्रिल एघारदेखि चौध तारिखसम्म चेननाईमा आयोजना हुँदैछ।
चीनको राज्य परिषद्, चीनको विदेशी भाषा व्यूरो र बेलायतका लागि चिनियाँ राजदूतावासले आयोजना गरेको "सी चिन फिङ: चीनको शासन व्यवस्था"को दोस्रो भाग बहु भाषी पुस्तकको पहिलो प्रकाशन समारोह स्थानीय समय हिजो अप्रिल एघार तारिख बेलायतको लण्डनमा आयोजित भएको छ।
पोआउ एशिया मञ्च 2018 वार्षिक सम्मेलन हिजो अप्रिल एघार तारिख दिउँसो हाईनानको पोआउमा सम्पन्न भएको छ। 63 वटा मुलुक र क्षेत्रबाट आएका दुई हजारभन्दा बढी प्रतिनिधिहरुले भेला भएर बैचारिक आदानप्रदान गरेका छन्।
हरेक वर्षको अप्रिलमा ह नान प्रान्तको ल्वो याङ्गमा पर्ने लङ मनको ढुङ्गे गुफामा पर्यटकको निकै नै भिड हुने गर्दछ। उक्त ढुङ्गे गुफा पर्यटकीय क्षेत्रको व्यवस्थापन कार्यालयले जनाए अनुसार यस अवधिमा हरेक दिन यहाँ दश हजारभन्दा बढी चिनियाँ तथा विदेशी पर्यटक आउने गर्छन्।
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल दश तारिख पोआउ एशिया मञ्चलाई महत्वपूर्ण सम्बोधन गर्दै चीनले सुधार र खुलापनलाई विस्तार गर्ने नयाँ नीति र कदमलाई प्रकाश पार्नुभयो। उहाँको सम्बोधनको अन्तर्राष्ट्रिय समाजले सकारात्मक मूल्याङ्कन गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अपेक्षाकृत सकारात्मक प्रतिकृया जनाउनुभएको छ।
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज अप्रिल एघार तारिख विहान हाईनान पोआउ राष्ट्रिय होटेलमा सामूहिक रुपमा पोआउ एशिया मञ्चका वर्तमान र पूर्व परिषद् सदस्यसँग भेटघाट गर्नुका साथै पोआउ एशिया मञ्चमा भाग लिएका देश विदेशी व्यवसायीका प्रतिनिधिसँग भेटवार्ता गर्नुभएको छ।
चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र पोआउ एशिया मञ्च सन् 2018 वार्षिक सम्मेलनमा सहभागी चिनियाँ र विदेशी व्यवसायी प्रतिनिधिहरू बीच आज अप्रिल एघार तारिख पोआउमा एउटा गोष्ठीको आयोजना गरिएको सिन्ह्वा समाचार समितिले जनाएको छ।
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हिजो अप्रिल दश तारिख पोआउ एशिया मञ्च 2018 वार्षिक सम्मेलनको उद्घाटन समारोहमा भाग लिएर मुख्य सम्बोधन गर्नुभयो। सम्बोधनमा उहाँले चीनले वैदेशिक खुलापनमा लागिरहेको संकल्पको घोषणा गर्नुका साथै खुलापनलाई विस्तृत पार्ने श्रृखलाबद्ध कदमको पनि घोषणा गर्नुभएको छ। सम्मेलनमा रहेका विभिन्न मुलुकका प्रतिनिधिहरुले यी नयाँ कदममाथि सक्रिय मूल्याकन गरेका छन्।
पोआउ एशिया मञ्च 2018 वार्षिक सम्मेलनको उद्घाटन समारोहमा भाग लिन हाइनान जानु भएका चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले हिजो अप्रिल दश तारिख दिउँसो पोआउमा विदेशी राजनीतिक नेतासँग भेटघाट गर्नुभएको छ। उहाँले नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुट्टे, पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकन अवासी, मङ्गोलियाका प्रधानमन्त्री उखनाजिन खुरेलसुख र फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टे समावेश छन्।
चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल एघार तारिख चीनको हाइनान प्रान्तीय पोआउ राष्ट्रिय अतिथि भवनमा सामुहिक रुपमा पोआउ एशिया मञ्चका वर्तमान र पूर्व परिषद् सदस्यहरूसँग भेटघाट गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।