नेपाली भाषा
चीन-भारत वैज्ञानिक तथा प्राविधिक सहयोग गहन हुँदै
विस्तृत विषय2017-11-17 14:39November 23 2017 02:31:15

चीन-भारत वैज्ञानिक तथा प्राविधिक सहयोग गहन हुँदै

केही वर्षयता चीन र भारतको वैज्ञानिक प्राविधिक क्षेत्रको आदानप्रदान घनिष्ठ भएकोले कृषि प्रविधि, सूचना प्रविधि तथा स्मार्ट सहर आदि क्षेत्रमा घनिष्ठ सहयोग कायम राख्दै आएको छ। नयाँ दिल्लीमा आयोजित दोस्रो चीन-भारत प्रविधि, सिर्जना र लगानी सहयोग मञ्चमा दुई पक्षका प्रतिनिधिहरुले दुई मुलुकबीचको वैज्ञानिक प्राविधिक सहयोगलाई अघि बढाउने अपेक्षा लिएका छन्।

आश्चर्य लाग्दो रुख
विस्तृत विषय2017-11-17 14:36November 23 2017 02:31:15

आश्चर्य लाग्दो रुख

सिआन प्रान्तको एक गु्म्बामा पर्ने एक सुनौलो रुखले धेरैजसोको नजर आकर्षित गरेको छ। चालकरहित क्यामेराबाट खिचिएको केही सुन्दर द्दश्यको अवलोकन गर्नुहोस् है।

चौथौं विश्व इन्टरनेट सम्मेलन डिसेम्बरमा चच्याङ प्रान्तमा हुने
विस्तृत विषय2017-11-16 20:07November 23 2017 02:31:15

चौथौं विश्व इन्टरनेट सम्मेलन डिसेम्बरमा चच्याङ प्रान्तमा हुने

चौथौं विश्व इन्टरनेट सम्मेलन डिसेम्बर तीन तारिखदेखि पाँच तारिखसम्म चीनको चच्याङ्ग प्रान्तको उ चन सहरमा आयोजना हुने भएको छ। विश्वमा चार सयभन्दा बढी नामी इन्टरनेट व्यवसाय तथा सिर्जनात्मक व्यवसायले यस महाधिवेशनमा भाग लिएर विश्व इन्टरनेट क्षेत्रको पछिल्लो विकास प्रवृत्ति र प्रविधिबारे प्रदर्शन गर्ने छन्। महाधिवेशनमा श्रृंखलावद्ध रूपमा यस वर्ष विश्व इन्टरनेट क्षेत्रमा सबैभन्दा अत्याधुनिक प्राविधिक उपलब्धी सार्वजनिक गरिने छ र यसमा आली मानवरहित सुपरमार्केट तथा स्मार्ट रोबोट आदि प्रविधि पनि समावेश हुनेछन्।

“चिनियाँ कम्युनिष्ट पार्टीको 19 ‌औँ महाधिवेशन: चीनको विकास र विश्व अर्थ” शीर्षकको अन्तर्राष्ट्रिय थिङ्कट्याङ्क गोष्ठी पैचिङमा
विस्तृत विषय2017-11-16 20:06November 23 2017 02:31:15

“चिनियाँ कम्युनिष्ट पार्टीको 19 ‌औँ महाधिवेशन: चीनको विकास र विश्व अर्थ” शीर्षकको अन्तर्राष्ट्रिय थिङ्कट्याङ्क गोष्ठी पैचिङमा

"चिनियाँ कम्युनिष्ट पार्टीको 19 ‌औँ महाधिवेशन: चीनको विकास र विश्व अर्थ" शीर्षकको अन्तर्राष्ट्रिय थिङ्कट्याङ्क गोष्ठी नोभेम्बर सोह्र तारिख पैचिङमा आयोजना गरिएको सिन्ह्वा समाचार समितिले जनाएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य एवम् केन्द्रिय समितिको प्रचार-प्रसार विभागका प्रमुख ह्वाङ खुन मिङले गोष्ठीमा सहभागी हुँदा "चीनले नयाँ यात्राको आरम्भ गर्ने र विश्व विकासको नयाँ अवसर" शीर्षकमा सम्बोधन गर्नुभएको छ।

जिम्बावेको परिस्थितिप्रति चीनको उच्च ध्यानाकर्षण
विस्तृत विषय2017-11-16 18:57November 23 2017 02:31:15

जिम्बावेको परिस्थितिप्रति चीनको उच्च ध्यानाकर्षण

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले सोह्र तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चीनले सधैं नै जिम्बावेको परिस्थितिमा उच्च ध्यान दिनुका साथै सम्बद्ध समस्याको शान्तिपूर्ण तरिकामार्फत समाधान गर्नसकिने आशा गरेको बताउनुभएको छ। जिम्बाबे सम्बन्धी चीनको मैत्रीपूर्ण नीतिमा कुनै परिवर्तन नआएको भन्दै उहाँले चीनले निरन्तर रुपमा समान, आपसी हितयुक्त र साझा जितको सिद्धान्त बमोजिम जिम्बावेसँगको मैत्रीपूर्ण सहकार्यको विकास गर्दै जाने कुरा पनि प्रवक्ता कङले औंल्याउनुभएको छ।

एशिया-युरोप विदेश मन्त्रीस्तरीय सम्मेलन म्यान्मारमा हुने
विस्तृत विषय2017-11-16 18:49November 23 2017 02:31:15

एशिया-युरोप विदेश मन्त्रीस्तरीय सम्मेलन म्यान्मारमा हुने

तेह्रौं एशिया-युरोप विदेश मन्त्री सम्मेलन यसै महिनाको बीसदेखि एकाईस तारिखसम्म म्यान्मारको राजधानी न्येपिटावमा आयोजना गरिने छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले सोह्र तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा म्यान्मारको गृह मामिला नेता आङ सान सुकीको निमन्त्रणामा चीनका परराष्ट्र मन्त्री वाङ यी प्रतिनिधि मण्डलको नेतृत्व गरेर त्यस सम्मेलनमा सहभागी हुनुहुने जानकारी दिनुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी र विश्व राजनीतिक पार्टी बीचको उच्च तहको सम्झौता-वार्ता पैचिङमा आयोजना गरिने
विस्तृत विषय2017-11-16 18:04November 23 2017 02:31:15

चिनियाँ कम्युनिष्ट पार्टी र विश्व राजनीतिक पार्टी बीचको उच्च तहको सम्झौता-वार्ता पैचिङमा आयोजना गरिने

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत वैदेशिक सम्पर्क विभागको तत्त्वावधानमा चिनियाँ कम्युनिष्ट पार्टी र विश्व राजनीतिक पार्टी बीचको उच्च तहको सम्झौता-वार्ता यसै नोभेम्बर तीसदेखि डिसेम्बर तीन तारिखसम्म पैचिङमा आयोजना गरिने भएको सिन्ह्वा समाचार समितिले जनाएको छ। विदेशी राजनीतिक पार्टी र राजनीतिक संगठनका नेताहरू आमन्त्रित भई सम्झौता-वार्तामा सहभागी हुनेछन्।

चीनका प्रधानमन्त्री ली ख छ्याङ र फिलिपिनी राष्ट्रपति डुटेर्टबीच भेटवार्ता
विस्तृत विषय2017-11-16 14:20November 23 2017 02:31:15

चीनका प्रधानमन्त्री ली ख छ्याङ र फिलिपिनी राष्ट्रपति डुटेर्टबीच भेटवार्ता

स्थानीय समय अनुसार हिजो नोभेम्बर पन्ध्र तारिख दिउँसो, चीनका प्रधानमन्त्री ली ख छ्याङ्ले मनिलास्थित राष्ट्रपति भवनमा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टसँग भेटवार्ता गर्नुभएको छ।

चीनका प्रधानमन्त्री ली र फिलिपिन्सका राष्ट्रपतिको सँयुक्त पत्रकार भेट
विस्तृत विषय2017-11-16 14:19November 23 2017 02:31:15

चीनका प्रधानमन्त्री ली र फिलिपिन्सका राष्ट्रपतिको सँयुक्त पत्रकार भेट

स्थानीय समय अनुसार नोभेम्बर पन्ध्र तारिख दिउँसो चीनका प्रधानमन्त्री ली ख छ्याङ् र फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टले मनिलास्थित राष्ट्रपति भवनमा पत्रकारसँग सँयुक्त भेटघाट गर्नुभएको छ।

चीनका प्रधानमन्त्री तथा फिलिपिन्सको प्रतिनिधि सभाका सभामुख बीच भेटघाट
विस्तृत विषय2017-11-15 18:55November 23 2017 02:31:15

चीनका प्रधानमन्त्री तथा फिलिपिन्सको प्रतिनिधि सभाका सभामुख बीच भेटघाट

चीनका प्रधानमन्त्री ली ख छ्याङले नोभेम्बर पन्ध्र तारिख बिहान मनिलास्थित आफु बस्नुभएको होटेलमा फिलिपिन्सको प्रतिनिधि सभाका सभामुख पान्टालेओन अल्भारेजसँग भेटघाट गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

चीनका प्रधानमन्त्री तथा फिलिपिन्सको सिनेट प्रमुखबीच भेटघाट
विस्तृत विषय2017-11-15 18:54November 23 2017 02:31:15

चीनका प्रधानमन्त्री तथा फिलिपिन्सको सिनेट प्रमुखबीच भेटघाट

चीनका प्रधानमन्त्री ली ख छ्याङले नोभेम्बर पन्ध्र तारिख बिहान मनिलास्थित आफु बस्नुभएको होटेलमा फिलिपिन्सको सिनेटका सभामुख आक्विलिनो कोको पिमेन्टेलसँग भेटघाट गर्नुभएको छ।

“सन् 2017 चीनका लागि कूटनीतिज्ञको च्याङ सु यात्रा” गतिविधि चीनको नानचिङमा शुरु
विस्तृत विषय2017-11-15 18:20November 23 2017 02:31:15

“सन् 2017 चीनका लागि कूटनीतिज्ञको च्याङ सु यात्रा” गतिविधि चीनको नानचिङमा शुरु

चिनियाँ कम्युनिष्ट पार्टीको 19 औँ महाधिवेशनको विचारधारा प्रचार-प्रसार गर्नका लागि चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको सीआरआई अनलाईन तथा सीआरआई अनलाईन अन्तर्गत च्याङ सु च्यानलको संयोजकत्वमा "सन् 2017 चीनका लागि कूटनीतिज्ञको च्याङ सु यात्रा" विषयक गतिविधि नोभेम्बर बाह्र तारिख चीनको च्याङ सु प्रान्तको सदरमुकाम नानचिङ शहरमा औपचारिक रुपमा शुरु भएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान