तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

केन्द्रीय टेलिभिजनको कार्टुन समूह पैचिङमा स्थापना

2020-01-05 18:50:50

    चाइना मिडिया ग्रुप मातहतको केन्द्रीय टेलिभिजनको कार्टुन समूह जनवरी ५ तारिख पैचिङमा औपचारिक रुपमा स्थापना भएको छ।

    चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार-प्रसार विभागका उपप्रमुख एवं चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्योङले उद्धाटन समारोहलाई सम्बोधन गर्दै केन्द्रीय टेलिभिजनको कार्टुन समूहको स्थापना गर्नु चाइना मिडिया ग्रुप सम्बन्धी महासचिव सी चिनफिङको महत्वपूर्ण निर्देशन भावना र राष्ट्रिय प्रचार-प्रसार मन्त्री सम्मेलनको भावनालाई व्यवहारमा उतार्ने वास्तविक कदम रहेको जानकारी दिनुभयो।

    अखिल चीन महिला संघका उपाध्यक्ष एवं सचिवालयका सचिव ऊ हाई यिङले कार्टुन समूहको स्थापनाप्रति हार्दिक बधाई व्यक्त गर्नुभएको छ। उद्धाटन समारोहलाई सम्बोधन गर्दै उहाँले बाल-बालिका र किशोर-किशोरी देश र जनताको आशा हुन् भन्ने कुरामा जोड दिनुभएको छ। महासचिव सीले बाल-बालिका र किशोर-किशोरी स्वस्थ रुपमा सप्रने सम्बन्धमा उच्च महत्व दिनुभएको भन्दै उहाँले केन्द्रीय टेलिभिजनको कार्टुन समूहको स्थापनाले देशको कार्यभार र कर्तव्यको बहन गरी चीनको कार्टुन कार्यको विकासका लागि अझ ठूलो योगदान गर्दै जाने आशा पनि प्रकट गर्नुभएको छ।

    प्राप्त जानकारी अनुसार, केन्द्रीय टेलिभिजनको कार्टुन समूह पहिलेको केन्द्रीय टेलिभिजनको कार्टुन कम्पनीको आधारमा अहिलेको चाइना मिडिया ग्रुपका सम्बद्ध स्रोतको सदुपयोग गरिएपछि स्थापना गरिएको हो।

    चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार-प्रसार विभाग, राष्ट्रिय रेडियो टेलिभिजन मुख्यालय र अखिल चीन महिला संघ लगायतका विविध विभागका सम्बद्ध जिम्मेवार व्यक्तिहरू उक्त उद्धाटन समारोहमा सहभागी भएका छन्। यसबाहेक, ३ सयभन्दा बढी चिनियाँ र विदेशी अतिथि तथा सहकार्य साझादारीहरू पनि सो समारोहमा सहभागी भएका छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान