नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

हरेक क्षणको सदुपयोग गर्दै सुनौलो अवसर नगुमाऔँ

2020-01-05 18:50:34

    हरेक क्षणको सदुपयोग गर्दै सुनौलो अवसर नगुमाऔँ भन्ने कुरा राष्ट्राध्यक्ष सी चिनफिङले नयाँ वर्ष सन् २०२० को शुभकामना सन्देशमा भन्नुभएको वाक्य हो। उहाँको सन्देश निकै प्रेरणात्मक र त्यसमा पर्याप्त शक्ति बोकेको छ। गरिबी निवारणको ग्रामीण क्षेत्र, महत्वपूर्ण औद्योगिक परियोजना स्थल र वैज्ञानिक-प्राविधिक सिर्जनशील अग्र स्थानमा विभिन्न पेशाका जनताले अथक प्रयासमार्फत नयाँ वर्षको आरम्भ गरेका छन्।

    नयाँ वर्ष शुरु भएको दोस्रो दिन क्वै चौ प्रान्तको छ्येन सी जिल्लास्थित गरिबी सहायता अखडाको रोजगारी तालिम कक्षा पनि शुरु भएको छ। त्यहाँ लगभग २० हजार व्यक्ति चीनका अन्य स्थानबाट आएका छन्। उनीहरूले सन् २०२० मा आफ्नो तालिम कक्षा पूरा गरेर चाँडै नै रोजगारी पाउने आशा गरेका छन्।

    सन् २०२० चौतर्फी रुपमा सम्पन्न समाजको निर्माण गर्ने चीनको सबभन्दा महत्वपूर्ण वर्ष हो। नयाँवर्षको आरम्भमा छोङ छिङ शहरको योङ छ्वान जिल्लास्थित सुन्तलाका विविध उत्पादन क्षेत्रका गरिबी सहायता अधिकृतहरू स्थानीय किसानहरूसँगै मिलेर मिहिनेतसँग सुन्तलाको उत्पादन र बिक्री गरिरहेका छन्।

    हिउँ पठार भूमि तिब्बतमा विभिन्न गाउँमा तैनाथ ५ हजार ४ सयभन्दा बढी कार्य-टोलीले गरिबी निवारणको लक्ष्य, प्रक्रिया र ग्रामीण क्षेत्रको पुनरुत्थान बमोजिम घरघरमै गएर सोधबुझ गर्नुका साथै वास्तविक अनुसन्धान पनि गरिरहेका छन्।

    नयाँ वर्षको शुरुमा न्यानो भावना सहित जनजीवन परियोजना पनि आरम्भ गरिएको छ। पैचिङको केन्द्रमा रहेको प्राचीन शहरको संरक्षण र पुनरुत्थान योजनालाई पनि तीव्र पारिँदै आएको छ। सन् २०२० को अन्त्यसम्म दक्षिण लोकु गल्ली लगायतका शृङ्खलाबद्ध मर्मत र पुननिर्माण परियोजना पूरा हुने अनुमान गरिएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान