तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

पहेँलो नदी क्षेत्रको पर्यावरणीय संरक्षण तथा गुणस्तरीय विकासमा नयाँ रणनीति सिर्जना

2020-01-05 18:50:17

    चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष तथा केन्द्रीय वित्त समितिका प्रमुख सी चिन फिङको अध्यक्षतामा जनवरी ३ तारिख दिउँसो केन्द्रीय वित्त समितिको छैटौँ बैठक सम्पन्न भएको छ। महासचिव सी चिन फिङले सो बैठकलाई महत्वपूर्ण सम्बोधन गर्दै पहेँलो नदी क्षेत्रको संरक्षणका लागि भ्याएसम्म कोशिश गर्नुपर्ने र यस क्षेत्रको पर्यावरणीय संरक्षण तथा गुणस्तरीय विकास गर्नुपर्ने कुरामा जोड दिनुभयो।

    वास्तविक आधारित महासचिव सीको महत्वपूर्ण सम्बोधन भविश्यतिर उन्मुख भएको र नयाँ युगमा पहेँलो नदी क्षेत्रको पर्यावरणीय संरक्षण तथा गुणस्तरीय विकासका लागि निर्देशिका तथा शक्तिशाली प्रेरित शक्ति पुर्‍याएको छ।

    पहेँलो नदीलाई चीनकी आमा नदीले पनि चिनिन्छ। यो चिनियाँ सभ्यताको कोक्रो पनि हो। पहेँलो नदी क्षेत्र चीनको महत्वपूर्ण पर्यावरण हुनुका साथै गरिबी निवारणको महत्वपूर्ण क्षेत्र पनि हो। चीनको गुणस्तरीय विकास पक्षमा यसको निकै महत्वपूर्ण रणनीतिक स्थान रहेको छ। हजारौं वर्षदेखि पहेँलो नदीमा यथावत रुपमा बारम्बार प्रकोप हुँदै आएको थियो। जन गणतन्त्र चीनको स्थापनापछि पहेँलो नदी क्षेत्रको व्यवस्थापनमा फड्कोमार्ने प्रगति हासिल भएको छ। विशेष गरी चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनदेखि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले पर्यावरणीय सभ्यताको निर्माणलाई महत्व दिएर नयाँ अवधारणा स्पष्ट पारेको छ। जसबाट सो क्षेत्रको आर्थिक तथा सामाजिक विकास तथा जनताको जीवनयापन स्तर नयाँ उचाइमा पुगेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान