नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

छुङ छिङद्वारा हरित विकासबाट याङ सी नदी आर्थिक क्षेत्रको गुणस्तरीय विकास

2020-01-05 18:50:01

    सन् २०१६ को जनवरी ५ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले छुङ छिङ शहरमा “याङ सी नदी आर्थिक क्षेत्रको विकासलाई अघि बढाऔं” शीर्षकमा एउटा गोष्ठीको अध्यक्षता गर्नुभएको थियो। सो गोष्ठीमा महासचिव सीले “अबदेखि दीर्घकालीन अवधिसम्म याङ सी नदीको पर्यावरणीय वातावरणको संरक्षणलाई प्राथमिक स्थानमा राख्नुपर्ने” निर्देशन दिनुभएको थियो। त्यसपछि चीनको मातृ नदी याङ सी नदीको विकास एउटा नयाँ प्रक्रियामा प्रवेश भएको छ। विगत चार वर्षदेखि चीनले याङ सी नदी आर्थिक क्षेत्रको विकास सम्बन्धी विभिन्न कार्यलाई स्थिरताका साथ अघि सारी पर्यावरणीय वातावरणको संरक्षण तथा त्यसको जिर्णोद्धार, हरित विकासमा परिणत र व्यवस्था तथा प्रणालीको सुधार लगायत पक्षमा सक्रिय प्रगति हासिल गरेको छ।

    याङ सी नदी चीनको सबैभन्दा लामो नदी हुनुका साथै चीनको पूर्वी, मध्य तथा पश्चिमी भाग जोड्ने एउटा निकै महत्वपूर्ण नदी हो। याङ सी नदीको माथिल्लो भेगमा रहेको छुङ छिङ शहरले विगत केही वर्षदेखि परम्परागत उद्योगको परिणत गरी स्थानीय विशेषता अनुसार आधुनिक पहाडी क्षेत्रको विशेषतायुक्त कृषिको विकास गरी याङ सी नदी आर्थिक क्षेत्रको हरित विकासमा दर्शनिक भूमिका खेलेको छ। छुङ छिङ शहरले खाने पानीको उद्गम स्थलको विशेष संरक्षण गरेको छ। सन् २०१९ मा छुङ छिङमा याङ सी नदी क्षेत्रको जलको गुणस्तर उत्कृष्ट रहेको छ। छुङ छिङ शहरको पर्यावरण व्यूरोका प्रमुख सिन स चेले याङ सी नदी आर्थिक क्षेत्रको हरित विकासको क्रममा छुङ छिङ शहरको नमूनाको भूमिका पूर्ण रुपमा निर्वाह गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान