तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

स्पेनिस भाषा प्रचलित मुलुकद्वारा सीको नयाँवर्षको शुभकामना सन्देशबारे चर्चा

2020-01-04 18:48:44

    नयाँ वर्ष २०२० का अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले दिनुभएको शुभकामना सन्देश स्पेनिश भाषा प्रचलित मुलुकहरुका विभिन्न क्षेत्रले न्यानो प्रतिक्रिया दिएका छन्। उहाँको शुभकामना सन्देश सुनेपछि आर्थिक, विज्ञान तथा प्रबिधि क्षेत्र सम्बन्धी पेरुका विद्वान इदगार पेरिसले राष्ट्राध्यक्ष सीको सम्बोधनमा विशेष गरी फाइभ जी लगायत निर्णायक शब्द रहेकाले विज्ञान तथा प्रबिधिले चीनको आर्थिक बृद्धिलाई अघि बढाउने ठहर गर्नुभयो।

    अर्जेन्टिनाको बुएनोस आइरिस विश्व विद्यालय अन्तर्गत चीन अध्ययन केन्द्रका प्रमुख इगनासिओ भिलागरानले राष्ट्राध्यक्ष सीको शुभकामना सन्देशमा चीनको खुलापन तथा समावेश अवधारणा पुन अभिव्यक्त गरिएको ठहर गर्नुभयो।

    चीन पश्चिम संयुक्त हित समूहका मेनेजर कारलोस सेन्टिसले विगत धेरै वर्षदेखि चिनियाँ भाषाको प्रशिक्षण, चीन र पश्चिमी मुलुकहरु बीचका व्यापार र संस्कृति क्षेत्रमा रहेका आदान-प्रदान र सहयोगका लागि कोशिश गर्दै आउनुभएको छ। चीनको विकास विश्वका लागि एउटा नमूना प्रदान गरेको भन्दै विशेष गरी बैंकिङ जोखिमको प्रतिरोध, गरिबी निवारण तथा वातावरणको संरक्षण लगायत क्षेत्रमा वर्तमान चीन विश्वको अग्रस्थानमा रहेको ठहर उहाँले गर्नुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान