नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

पैचिङमा तेस्रो ब्रिक्स मुलुकको थिङ्कट्याङ्क सहकार्य सम्मेलन

2020-01-04 18:47:56

    ब्रिक्स मुलुकको थिङ्कट्याङ्क सहकार्य सम्बन्धी चिनियाँ परिषद् र पैचिङ दोस्रो विदेशी भाषा प्रतिष्ठानको संयोजकत्वमा तेस्रो ब्रिक्स मुलुकको थिङ्कट्याङ्क सहकार्य सम्बन्धी चिनियाँ परिषद्को वार्षिक सम्मेलन अर्थात् दोस्रो वान शौ अन्तर्राष्ट्रिय परिस्थिति गोष्ठी जनवरी ३ तारिख पैचिङमा आयोजना गरियो। सम्मेलनमा सहभागी विशेषज्ञहरूले सयौं वर्षको परिवर्तनमा रहेको पुनरुत्थान बाटोबारे विचार-विमर्श गरेका छन्।

    “सयौं वर्षको परिवर्तनमा रहेको पुनरुत्थान बाटो” मुख्य नारा रहेको यस वार्षिक सम्मेलनमा चीनका विभिन्न विश्वविद्यालय, अनुसन्धान संस्था र उद्योग-व्यवसायका २ सयभन्दा बढी विद्बान र विशेषज्ञहरू सहभागी भएका छन्।

    हिजै आयोजित वार्षिक सम्मेलनमा ब्रिक्स मुलुकको थिङ्कट्याङ्क सहकार्य सम्बन्धी चिनियाँ परिषद्ले सो परिषदमा रहेका सम्बद्ध सदस्यको संख्या १ सय पुगेको घोषणा गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत वैदेशिक सम्पर्क विभागका उपप्रमुख एवं ब्रिक्स मुलुकको थिङ्कट्याङ्क सहकार्य सम्बन्धी चिनियाँ परिषद्का अध्यक्ष को ये चौले सम्मेलनलाई सम्बोधन पनि गर्नुभएको छ।

    त्यसपछि आयोजित दोस्रो वान शौ अन्तर्राष्ट्रिय परिस्थिति गोष्ठीमा सहभागी विद्बान र विशेषज्ञहरूले सयौ वर्षको परिवर्तन र चीन-अमेरिका सम्बन्ध, विश्वको सञ्चालन र नयाँ ढाँचाको दक्षिण-दक्षिण सहकार्य, नयाँ औद्योगिक क्रान्ति र मानव जाति भाग्यको एकरुपता आदि विषयहरूबारे गहन रुपमा विचार-विमर्श गरेका छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान