नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

सी चिन फिङको अध्यक्षतामा केन्द्रीय वित्त समितिको छैटौँ बैठक सम्पन्न

2020-01-04 18:47:32

    चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष, केन्द्रीय वित्त समितिका प्रमुख सी चिन फिङको अध्यक्षतामा जनवरी ३ तारिख केन्द्रीय वित्त समितिको छैटौँ बैठक सम्पन्न भएको छ। सो बैठकमा ह्वाङ ह नदी अर्थात पहेँलो नदी बगेर जाने क्षेत्रको पर्यावरणीय संरक्षण तथा गुणस्तरीय विकास, छङ तुङ-छुङ छिङ क्षेत्रको आर्थिक क्षेत्रको निर्माणबारे अनुसन्धान गरिएको छ। राष्ट्राध्यक्ष सी चिन फिङले सो बैठकलाई महत्वपूर्ण सम्बोधन गर्दै पहेँलो नदी बगेर जाने क्षेत्रको संरक्षणका लागि भ्याएसम्म कोशिश गर्नुपर्ने र यस क्षेत्रको पर्यावरणीय संरक्षण तथा गुणस्तरीय विकास गर्नुपर्ने, छङ तुङ-छुङ छिङ क्षेत्रको आर्थिक क्षेत्रको निर्माणलाई अघि बढाउनुपर्ने र पश्चिमी भागमा गुणस्तरीय विकासका लागि महत्वपूर्ण आर्थिक बृद्धि क्षेत्र बन्नसक्ने कुरामा जोड दिनुभयो।

    चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका स्थायी सदस्य, राज्य परिषदका प्रधानमन्त्री एवं केन्द्रीय वित्त समितिका उप-प्रमुख ली ख छयाङ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका स्थायी सदस्य, केन्द्रीय सविवालयका सचिव एवं केन्द्रीय वित्त समितिका सदस्य वाङ हु निङ, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका स्थायी सदस्य, राज्य परिषदका उप-प्रधानमन्त्री एवं केन्द्रीय वित्त समितिका सदस्य हान चङ सो बैठकमा उपस्थित हुनुभयो।

    सो बैठकमा पहेँलो नदी बगेर जाने क्षेत्रको पर्यावरणीय संरक्षण तथा गुणस्तरीय विकासको विषयमा राष्ट्रिय विकास तथा सुधार समिति, प्राकृतिक स्रोत मन्त्रालय, पर्यावरणीय वातावरण मन्त्रालय, जल-संभार मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालयको प्रतिबेदन र छङ तुङ-छुङ छिङ क्षेत्रको आर्थिक क्षेत्रको निर्माणको सम्बन्धमा राष्ट्रिय विकास तथा सुधार समिति, छुङ छिङ नगरपालिका र स छ्वान प्रान्तको प्रतिबेदन प्रस्तुत गरिएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान