नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

ब्रिक्स सहकार्य “रुस वर्ष”मा नयाँ प्रगति र उपलब्धि प्राप्त हुने चीनको आशा

2020-01-03 19:06:29

    चालु वर्षको जनवरी १ तारिखदेखि रुसले औपचारिक रुपमा ब्रिक्स मुलुकको वर्तमान अध्यक्ष मुलुक बनेपछि भविष्यमा ब्रिक्स सहकार्यबारे केही कल्पना प्रस्तुत गरेको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले जनवरी ३ तारिख पैचिङमा ब्रिक्स सहकार्य “रुस वर्ष”मा नयाँ प्रगति र नयाँ उपलब्धि प्राप्त हुनसक्ने प्रतिक्षामा चीन रहेको बताउनुभएको छ।

    प्रवक्ता कङका अनुसार, ब्रिक्स मुलुक विश्व प्रभावित उदियमान बजारमूलक मुलुक र विकासोन्मुख मुलुकको सहकार्य व्यवस्था हो। केही वर्षयता ब्रिक्स मुलुकको प्रभावित शक्ति दिनप्रति दिन बढ्नुका साथै वास्तविक सहकार्य पनि निरन्तर रुपमा गहिरिँदै आएको देखिन्छ। जुन अन्तर्राष्ट्रिय मामिलामा रहेको झन् झन् महत्वपूर्ण शक्ति पनि बनेको छ।

    वर्तमान अवस्थामा ब्रिक्स मुलुकले विश्व परिवर्तनको कसरी सामना गर्ने र अन्तर्राष्ट्रिय मामिलामा रचनात्मक भूमिका कसरी निर्वाह गर्ने भन्ने कुरा समस्त अन्तर्राष्ट्रिय समाजको ध्यानाकर्षणको विषय पनि बनेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान