नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चीनद्बारा उत्तर कोरियालाई आर्थिक विकास कायम राख्न र जनताको जीवन स्तर उकास्न निरन्तर समर्थन

2020-01-03 19:06:00

    चीनले आर्थिक विकासलाई कायम राख्न, जनताको जीवनस्तरलाई उकास्न र निरन्तर समाजवादी निर्माणमा नयाँ उपलब्धि प्राप्त गर्नका लागि उत्तर कोरियालाई समर्थन गर्दै जाने कुरा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले जनवरी ३ तारिख पैचिङमा बताउनुभएको छ।

    उत्तर कोरियाली श्रमिक पार्टीको सातौँ केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठक हालै सम्पन्न भएको छ। सो बैठकले विज्ञप्ति पनि जारी गरेको छ। प्रवक्ता कङले आजै आयोजित नियमित पत्रकार सम्मेलनमा सम्बद्ध प्रश्नको जवाफ दिँदै उक्त कुरा बताउनुभएको हो।

    उक्त विज्ञप्तिमा उत्तर कोरिया-अमेरिका सम्बन्धबारे केही महत्वपूर्ण सूचना प्रकाशित गरिएको जानकारी पनि प्रवक्ता कङले दिनुभएको छ। उत्तर कोरिया र अमेरिका दुवै पक्षले छिटोभन्दा छिटो वार्ताको पुन:आरम्भ गर्नुका साथै सकारात्मक विचार-विमर्श गरी आपसी गतिरोधको अन्त्य गर्न र कोरियाली प्रायद्बीप समस्याको राजनीतिक तवरले समाधान गर्नका लागि वास्तविक प्रयास गर्नसक्ने आशा चीनले गरेको कुरा पनि प्रवक्ता कङले बताउनुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान