नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

गत वर्ष पैचिङको वायुको गुणस्तर साठी प्रतिशतभन्दा बढी दिनमा राम्रो

2020-01-03 19:05:32

    सन् २०१९ मा पैचिङ नगरपालिकाको वायुको गुणस्तरमा प्रभावकारी सुधार आएको छ। गत वर्ष पैचिङको वायुको गुणस्तर ३६५ दिनमा साठी प्रतिशतभन्दा बढी दिनमा राम्रो भएको छ। पैचिङ नगरपालिकाको पर्यावरणीय वातावरण व्यूरोका अनुसार, सन् २०१९ मा पैचिङको वायुको गुणस्तर २४० दिनमा राम्रो भएको छ भने ४ दिन मात्र भिषण प्रदूषण भएको छ। पी एम २.५ निरन्तर रुपमा वायु प्रदुषणको मुख्य तत्व हो।

    हालैका वर्षदेखि पैचिङले मोटर-गाडीको इन्धन सम्बन्धी मापदण्डलाई उकासेको, तातो बनाउन कोइला पत्थरको सट्टामा विजुलीको उपयोग गरिएको छ। त्यसैगरी प्रदुषण गर्ने व्यवसायहरु बन्द गर्दै धुलोलाई सफा गर्ने लगायत कदमहरु चालेर वायु प्रदुषणको प्रतिरोध गरेको छ।

    चालू वर्ष “निलो आकाशका लागि तीन वर्षीय कार्यक्रम”को अन्तिम वर्ष हो। पैचिङमा निलो आकाश देखिने बनाउन सबैभन्दा अपठ्यारो काम हो। तथापि पैचिङ नगरपालिकाले अरु दृढ अठोट तथा अरु प्रभावकारी कदममार्फत प्रदुषणको प्रतिरोध गर्नेछ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान