नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

सशस्त्र शक्तिले मध्य पूर्वी परिस्थितिलाई चर्काउन सक्ने

2020-01-03 19:04:31

    अमेरिकी राष्ट्रिय प्रतिरक्षा मन्त्रालयले जनवरी २ तारिख राति इरानी इस्लामिक क्रान्तिकारी रक्षा फौज मातहतको “कुड्स फोर्स”का निर्देशक कासेम सोलेइमानी अमेरिकी सेनाको आक्रमणमा मारिएको निश्चित गरेको छ। सो खबर फैलिएपछि विश्वलाई ज्यादै आश्चर्य लागेको छ। इरानका सर्वोच्च नेता सेइद अली खामेनेईले गम्भीर जवाफी कारवाई चलाउने अठोट व्यक्त गर्नुभएको छ। त्यसैगरी अमेरिका तथा इरान बीचको सम्बन्ध झन् बिग्रदै गएकाले मध्य पूर्वको जटिल परिस्थितिलाई अझ तनावपूर्ण बनाएको छ।

    इरान विशेषत: समस्त मध्य पूर्वी जगतका लागि सोलेइमानी एकजना ज्यादै महत्वपूर्ण व्यक्ति हुन्। किनकि उनी इरानको विदेशी विशेषतायुक्त फौज “कुड्स फोर्स”का निर्देशक मात्र नभई इरानमा उनको निकै ठूलो प्रतिष्ठा रहेको छ। मध्य पूर्वी शियापन्थीको सशस्त्र समुदायमा उनको ठूलो प्रेरणात्मक र प्रभावकारी शक्ति रहेको छ।

    लामो समययताको मध्य पूर्वी क्षेत्रको डामाडोल अवस्थाबाट के प्रमाणित गरिएको छ भने सशस्त्र शक्तिबाट अन्त्य हुन नसक्ने घृणा र जवाफी कारवाई मात्र उत्पन्न हुनसक्छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान