नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

“न्युयोर्क टाइम्स”मा सिन च्याङमा रोजगारी अवस्था सम्बन्धी गलत समाचार

2020-01-03 19:04:12

    “न्युयोर्क टाइम्स”ले हालै एउटा लेख प्रकाशित गर्दै सिन च्याङको स्थानीय सरकारले तथाकथित “व्यवसायिक परिवर्तन”गरी युगुर जाति लगायत अल्पसंख्यक जातिका बासिन्दाहरुलाई जबर्जस्ति श्रममा लगाएको दाबी गरेको छ। सो दोषारोपण निराधार रहेको र त्यसले आधारभूत वास्तविकता बेवास्ता गरी स्थानीय सरकारको गरिबी निवारण तथा रोजगारी कार्यलाई बंग्याएको छ। सो समाचार नभई एउटा काल्पनिक उपन्यास हो।

    प्राकृतिक वातावरण र आर्थिक बनौट सीमित भएको अवस्थामा सिन च्याङ युगुर स्वायत्त प्रदेश विशेष गरी अल्पसंख्यक जाति बसोबास गर्ने दक्षिण सिन च्याङ क्षेत्रमा लामो समयदेखि आर्थिक तथा समाजिक विकास तुलनात्मक रुपमा पिछडिएको थियो। स्थानीय सरकारको तथ्याङ्क अनुसार, सन् २०१२ मा दक्षिण सिन च्याङ क्षेत्रका खा श, ह थेन तथा ख चौ लगायत तीन फ्रिफेक्चरको श्रम शक्तिको रोजगारी दर ४१.८४ प्रतिशत मात्र थियो।

    सिन च्याङमा चरम्पन्थी विचारको फैलावट रोक्नका लागि सिन च्याङ सरकारले रोजगारी, गरिबी निवारण र नागरिक जीवनयापन स्तरको सुधारलाई महत्वपूर्ण पाइला बनाएर हरेक परिवारमा कम्तिमा एक जनाको रोजगारीको निश्चितता गरेको छ। यसका साथै चीनका १९ वटा प्रान्त तथा शहरले सिन च्याङलाई सहायता पुर्‍याएर स्थानीय सामाजिक तथा आर्थिक विकासलाई अघि बढाएका छन्। बिगत पाँच वर्षदेखि सिन च्याङका २३ लाख जनसंख्या गरिब अवस्थाबाट मुक्त भएका छन्। बेरोजगारी दर पनि ठूलो मात्रामा घटेको छ। उदाहरणका लागि खा शको बेरोजगारी दर घटेर २.४ प्रतिशत पुगेको छ।

    तथापि “न्युयोर्क टाइम्स”को समाचारमा सिन च्याङको जीवनयापन स्तरमा सुधार भएको कुनै पनि सम्प्रेशन छैन। बरु त्यसले सिन च्याङको रोजगारी दर उठेको कुरालाई अल्पसंख्यक जातिका बासिन्दाहरुले सरकारको “दबावमा”रोजगारी प्राप्त गरेको सम्प्रेशन गरेको छ। यसबाट हेर्दा त्यसले सिन च्याङको विकास बन्द हुनसकोस् र सिन च्याङका विभिन्न जातिका सर्वसाधारण गरिब अवस्थामा जाउन् भन्ने आशा राखेको छ।

    सत्यता लुक्नुहुँदैन। केही पश्चिमी सञ्चार माध्यम तथा राजनीतिज्ञहरुले सिन च्याङलाई हिलो छ्यापेर उपन्यास लेखेतापनि सिन च्याङको भ्रमण गरेका व्यक्तिहरुले न्यायोचित निश्कर्ष निकाल्ने छन्। सन् २०२० आइपुगेको छ, सिन च्याङले चीनका अरु ठाउँहरुसँगै एकैसाथ चौतर्फी गरिबी निवारणको लक्ष्य पूरा गर्नेछ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान