नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चीनद्वारा इरानका सैनिक अधिकृत मारिएकोमा प्रतिक्रिया

2020-01-03 18:54:46

    इरानका सैनिक अधिकृत क्वासेम सोलेइमानीलाई अमेरिकी सेनाले हमलामा गरी मारेको समाचारबारे चीनले प्रतिक्रिया दिएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले आज जनवरी ३ तारिख पैचिङमा आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय सम्बन्धमा सशस्त्र शक्तिको प्रयोगको चीनले सधैं विरोध गरेको र संयमता अपनाउन अमेरिकासँग ताकिता गरेको बताउनुभयो।

    प्राप्त समाचार अनुसार, अमेरिकी रक्षा मन्त्रालयले जनवरी २ तारिख बेलुका इरानको इस्लामिक क्रान्ति गार्डस कोर्पसको कुच शक्तिका अफ्रिसर क्वासेम सोलेइमानीलाई अमेरिकी सेनाले मारेको निश्चित गरेको छ। यसबारे चर्चा गर्दै प्रवक्ता कङ श्वाङले उक्त कुरा बताउनुभएको हो।

    इराकको सार्वभोमिकता तथा प्रादेशिक अक्षुण्णताको सम्मान गर्नुपर्ने र मध्य-पूर्व खाडी क्षेत्रका शान्ति तथा स्थिरताको संरक्षण गर्नुपर्ने कुरा पनि प्रवक्ता कङ श्वाङले प्रकट गर्नुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान