नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

राष्ट्राध्यक्ष सीको शुभकामना सन्देशको विदेशी कूटनीतिज्ञद्बारा सकारात्मक मूल्याङ्कन

2020-01-02 19:03:18

    राष्ट्राध्यक्ष सी चिनफिङले नयाँ २०२० का अवसरमा दिनु भएको शुभकामना सन्देशको विदेशी कूटनीतिज्ञहरूले सकारात्मक मूल्याङ्कन गरेका छन्। लामो समयसम्म संयुक्त अरब इमिरेट्स र चीन बीचको मैत्रीपूर्ण सहकार्यमा प्रयासरत रहनुभएका चीनका लागि संयुक्त अरब इमिरेट्सका पूर्व राजदूत ओमार महमेद अल्बाइटारले राष्ट्राध्यक्ष सीको सन्देशको पूर्ण रुपमा अवलोकन गरेपछि त्यसमा चर्चा गरिएको मानव जाति भाग्यको एकरुपताको स्थापना गरिने विषयले आफूलाई गहिरो छाप पारेको बताउनुभएको छ।

    राजदूत अल्बाइटारका अनुसार, वर्तमान विश्व विभिन्न मुलुक एकले अर्कासँग अलग हुने परित्याग टापुको युग नभएको बरु विभिन्न मुलुकका जनता बीच एकले अर्कासँग सम्पर्क राख्ने, आदान-प्रदान गर्ने र साझा विकास गर्ने नयाँ युग हो। मानव जाति भाग्यको एकरुपताको स्थापनालाई अघि बढाउने कुराबाट चीन लगायतका विभिन्न मुलुक लाभान्वित हुनसक्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान