नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

सीद्बारा सन् २०२० को पहिलो शैन्य निर्देशनमा हस्ताक्षर

2020-01-02 19:02:35

    चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले जनवरी २ तारिख केन्द्रीय सैन्य आयोगको सन् २०२० को १ नम्बर निर्देशनमा हस्ताक्षर गर्दै समस्त सेनालाई तालिम शुरु गर्न निर्देशन दिनुभएको छ।

    उक्त निर्देशनमा भनिएको छ: समस्त सेनाले सी चिनफिङ नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजावदी विचारधाराको निर्देशनात्मक स्थानलाई कायम राख्नुका साथै सी चिनफिङको सशक्त सैनिक विचारधारा र नयाँ युगको सैनिक रणनीतिक कार्यनीतिलाई व्यवहारमा उतार्नुपर्छ।

    समस्त सेनाले सिपाहीको हैसियतले लडाईं गर्ने, सिपाहीको नेतृत्व गर्दै लडाईँ गर्ने र सिपाहींलाई तालिम दिएपछि लडाईं गर्ने विचारलाई सदृढ पार्नुका साथै वास्तविक सैनिक तालिमलाई सबल पारी उच्च सतर्कताको अवस्थालाई कायम राखुपर्ने कुरा उक्त निर्देशनमा उल्लेख छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान