नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

हङकङ केही विदेशी राजनीतिज्ञको हात हाल्ने ठाउँ होइन

2020-01-02 19:00:45

    आजकाल केही विदेशी राजनीतिज्ञहरुले संयुक्त नामसहित हङकङ विशेष प्रशासनिक क्षेत्रकी मुख्य प्रशासक लिन चङ य्वे अलाई चिठी लेखेर समाजिक अनुशासन संरक्षण गर्ने हङकङको प्रहरीमाथि दोष थोपर्ने र हङकङको स्वतन्त्रता तथा कानुनी व्यवस्थापनमाथि दोषारोपण गरी खुला रुपमा हङकङ मामिलामाथि हस्तक्षेप गरेका छन्। यसबारे हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारले हिजो जनवरी एक तारिख एउटा वक्तव्य प्रकाशित गर्दै चिठीमा असत्य कुरा भरिएको र पश्चिमी मुलुकका केही व्यक्तिहरुले हङकङ मामिलामा हात हालेर आफ्नो राजनीतिक उद्देश्य पूरा गर्नखोजेका कुरा औँल्याएको छ।

    उनीहरुको उद्देश्य के हो? विश्वका सम्पूर्ण सदगुणी व्यक्तिहरुलाई थाहा छ। हङकङलाई उथलपुथल बनाएर चीनको विकासलाई रोक्नु केही विदेशी राजनीतिज्ञहरुको कुचेष्टा हो। यस पटकको तथाकथित खुला चिठी हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारलाई दवाव दिएर चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्ने प्रसाय उनीहरुको नयाँ गतिबिधि हो। उनीहरुले यस्तो गतिबिधिमार्फत चीनलाई तथाकथित “अन्तर्राष्ट्रिय दवाव” बनाउन खोजेका छन्।

    तथापि यस खुला चिठीमा भएको तथाकथित आरोप सत्य छैन। केही विदेशी कुटनीतिज्ञले हिंसात्मक तत्वहरुलाई बेवास्ता गरी कानुन बमोजिम कारवाही चलाउने हङकङ प्रहरीमाथि दोषारोपण गरेका छन्।

    वास्तवमा हङकङ प्रहरीले संयम अपनाई न्युनतम बलबाट सामाजिक अनुशासनको पुन:स्थापना गर्दै आएको छ। “प्रदर्शनकारीहरुले ” कानुन विपरीत गतिबिधि गरेको अवस्थामा मात्र प्रहरीले उनीहरुलाई अनुकुल कारवाही गरेको छ। जुन अन्तर्राष्ट्रिय मानव अधिकारको मापदण्डसँग मिलेको छ।

    मातृभूमिमा समाहित भएको २२ वर्षदेखि “एक देश दुई व्यवस्था”को प्रारुपमा हङकङको टड्कारो प्रगति भएको छ। अहिले उथलपुथल परिस्थिति भएतापनि वर्तमान चुनौतिको समाधान गर्न हङकङ विशेष प्रशासनिक क्षेत्र सरकार सक्षम रहेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान