नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

राष्ट्राध्यक्ष सी र इक्वेडोरका राष्ट्रपतिबीच बधाई सन्देश आदानप्रदान

2020-01-02 18:22:01

    चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र इक्वेडोरका राष्ट्रपति लेनिन मोरेनोले जनवरी २ तारिख चीन-इक्वेडोर कुटनीतिक सम्बन्ध स्थापनाको ४० औँ वार्षिकोत्सवको उपलक्ष्यमा एक-अर्कालाई बधाई सन्देश आदानप्रदान गर्नुभएको छ।

    बधाई सन्देशमा राष्ट्राध्यक्ष सीले चीन-इक्वेडोर मित्रताको गहन आधार रहेको भन्दै दौत्य सम्बन्धको स्थापनाको ४० वर्षदेखि दुवै पक्षले समानता तथा आपसी हित, सहयोग र साझा विजय, संयुक्त विकासको सिद्धान्तमा द्विपक्षीय सम्बन्धको स्वस्थ तथा स्थिर विकासलाई अघि बढाएको उल्लेख गर्नुभयो। आफूले चीन-इक्वेडोर सम्बन्धको विकासलाई उच्च महत्व दिएको छु र राष्ट्रपति मोरेनोसँगै मिलेर चीन-इक्वेडोर सम्बन्धको नयाँ विकासलाई अघि बढाउन आफू इच्छुक रहेको कुरा पनि राष्ट्राध्यक्ष सीले प्रष्ट पार्नुभयो।

    त्यसै गरी इक्वेडोरका राष्ट्रपति मोरेनोले बधाई सन्देशमा इक्वेडोर-चीन सम्बन्ध स्थापित भएको ४० वर्षदेखि दुई मुलुकले सर्वतोमुखी रणनीतिक साझेदारी सम्बन्धको स्थापना गरेका भन्दै दुई मुलुक बीचको मैत्रीपूर्ण सहयोगात्मक सम्बन्ध भविश्यमा अरु सुदृढ बनाउन सक्ने आशा व्यक्त गर्नुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान